वीरगंज । सर्ट फिल्म ‘काली’को विवादित पोस्टरले केहीदिन अघि चर्चा बटुल्यो । विवादित पोस्टरमा हिन्दू देवी कालीले एउटा हातले चुरोट तान्दै गरेको अनि हर्को हातमा एलजीबीटीआईक्यूको झण्डा बोक्दै गरेको देखिन्छ ।
यो पोस्टर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा हिन्दू धर्मको भावनामाथि चोट पुर्याएको भन्दै विरोधको आवाज उठ्न थाले । विवाद बढेपछि क्यानडाको इन्डियन हाई कमिशनले आपत्ति जनाउँदै इभेन्ट आयोजक आगा खान म्युजिमलाई यो आपत्तिजनक कन्टेन्ट हटाउन माग गर्यो । हाई कमिशनको मागलाई सम्बोधन गर्दै आयोजक म्युजियमले माफी मागेको छ । आयोजक म्युजियमले विज्ञप्ति जारी गर्दै माफी मागेको हो । “म्युजियम यो कुरामा माफी माग्छ, यहाँ प्रदर्शित १८ शर्ट भिडियोमध्ये एउटाले हिन्दूहरुको भावनामाथि ठेस पुर्यायो ।
वास्तवमा यो, टोरन्टो मेट्रोपोलिटन युनिभर्सीटिको प्रोजेक्ट प्रदर्शनमा फरक–फरक धार्मिक–सामाजिक समूह अन्तर्गत ‘अन्डर द टेन्ट’ मा यो पोस्टर प्रदर्शन गरिएको हो । हुन त फिल्म निर्माता लीना मण्मिेकलाईले विवाद हुने वित्तिकै ट्विटमार्फत सफाई दिँदै चलचित्र हेरेपछि भने दर्शकले विरोध नभएर तारिफ गर्ने बताएकी थिइन् ।