शरीरको शुद्धिकरण गर्न एवं रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक विधी हो, पञ्चकर्म । यसलाई आयुर्वेदको विशिष्ट चिकित्सा पद्धती पनि भनिन्छ । यसमा विभिन्न पाँच चिकित्सा विधीको समिश्रण हुन्छ ।
१. वमन
२. विरेचन
३. नास्य
४. बस्ति
५. रक्तमोक्षण
यो ‘शोदन’ नामक शुद्धिकरण प्रक्रियासँग सम्बन्धि चिकित्सा पद्धतिको एउटा भाग हो । यसले शरीरका विषाक्तलाई हटाउने क्रममा शरीर भित्रको जीवविष पैदा गर्न सक्ने तनाव तथा रोगलाई कम गर्नमा मद्दत गर्छ । शरीरलाई दोषबाट मुक्त गर्छ । पञ्चकर्म एक सन्तुलित कार्य प्रणाली हो ।शुद्धिकरणको वास्तविक कार्य प्रणाली सुरु हुनु पहिले शरीरबाट जीवविष निकाल्नु पहिले शरीरलाई विभिन्न तरीकाले तयार पार्न जरुरी छ । यसको लागि दुई प्रकृया जरुरी छ, स्नेहन र स्वेदन । स्नेहन एक प्रकारको तेल मालिस हो । यसमा एक विशेष प्रकारको मालिसबाट पूरा शरीरमा तेलको मालिस गरिन्छ । तेल मालिसले शरीरको कोषिकालाई नरम तथा लचिलो बनाउन सहयोग पु¥याई तनाव कम गर्न तथा शरीरको तन्त्रिका तन्त्रलाई पोषण प्रदान गर्न सहयोग गर्छ ।
जबकी स्वेदनले पसिना निकाल्छ । यो स्नेहन लगत्तै गरिन्छ ।
स्वेदनले जीनविषलाई पगालेर र जठरात्र पथमा जीवविषको गतिलाई बढाउँछ । स्नेहन तथा स्वेदन पश्चात विषदोष हट्छ । पञ्जकर्म एक व्यक्तिकृत उपचार हो । एक विशेष पञ्चकर्म विधि जुन व्यक्तिको बनावट तथा विकारका आधारमा दिइने गरिन्छ । यो व्यक्तिको शरीरको पैकार, दोष असन्तुलन तथा आवश्यकमा निर्भर गर्छ । यसमा सामान्यतया पाँच चिकित्साका केही भाग मात्र आवश्यक हुन्छ ।
पाँच विभिन्न चिकित्सा
वमन ( उपचारात्मक उल्टी)
यस उपचारको प्रयोग फोक्सो खुम्चने समस्या भएमा दिइने गरिन्छ । जसका कारण बारबार सास नलीमा अवरोध हुने, खोकी लाग्ने तथा दमको समस्या हुने गर्छ । यो औषधीयुक्त उल्टी चिकित्सा हो जसले शरीर तथा स्वासनलीमा एकत्रित कफलाई हटाउन मद्दत गर्छ । यो त्यस्ता व्यक्तिलाई दिइन्छ, जसमा उच्च कफको समस्या हुन्छ । यस चिकित्साको उद्देश्य कफबाट छुटकारा पाउनका लागि उल्टी गराउनु हो ।मुलैठी तथा महबाट बनेको एक पेयको चिया रोगीलाई दिइने गरिन्छ । जिब्रो रगडेर उल्टीका लागि प्रेरित गरिन्छ । जसमा व्यक्तिलाई चार देखि आठ पटकसम्म उल्टी गराइन्छ । उल्टी पश्चात्त व्यक्तिले आराम महसुस गर्दछ ।
उपचारात्मक उल्टीको प्रयोग खोकी, चिसो, दम, ज्वरो, वाकवाकी, भोकको कमी , रक्तहीनता, विषाक्तता, चर्म रोग, मधुमेह, लसीका अवरोध, अर्जीण, सुन्निने समस्या , छारे रोग, टाउको दुख्ने समस्या, छाला रोग, ग्यास्ट्रिक, मोटोपना तथा मनोवैज्ञानिक विकार लगायतमा गरिन्छ ।
उल्टी पश्चात्त व्यक्तिलाई विश्राम, निराहार तथा , मूत्र त्याग, मलत्याग, वायु विकार, रुघाखोकीको नदवाव सल्लाह दिइने गरिन्छ ।
यो प्रकृयालाई सही तरीकाले प्रयोग गर्न सकेमा व्यक्तिलाई आराम महसुस हुन्छ । सजिलै सास लिन सक्छ, छाती हल्का भएको महसुस हुन्छ । स्वच्छ विचार, स्पष्ट आवाज हुनुका साथ भोक लाग्छ ।
विरेचन (परिष्करण चिकित्सा)
जब पित्ताशय तथा सानो आन्द्राबाट अत्याधिक पित्त स्रावित हुन्छ, तब यसका कारण छाला पोल्ने, पहेलोपना हुने, पित्तका कारण उल्टी हुने लगायतका समस्या हुने गर्छ । विरेचन एक औषधियुक्त परिष्करण चिकित्सा हो, जसले शरीरबाट पित्त विषजीवन हटाएर रक्त विषजीवको शुद्धिकरण गर्छ ।नास्य अन्तर्गत टाउको तथा गर्दन वरिपरि जमेको कफ जीवविषलाई सफा गर्न औषधीयुक्त तेललाई नाक हालिन्छ । त्यसपछि उमालेको पानीमा भिजाएको औषधीयुक्त जडिबुटीबाट निकालेको बाफ लिइन्छ । यो उपचार पद्धति व्यक्तिको समस्या अनुसार फरक पर्छ । यस उपचार पद्धति सास सम्बन्धि समस्याका लागि पनि फाइदाजनक मानिन्छ । नास्यद्वारा श्वास नलीमा अवरुद्ध समस्याबाट राहत पाउन सकिन्छ ।
रक्तमोक्षण (रक्त बग्ने दिने)
रगतमा अवशोषित जीवविषलाई बाहिर निकाल्नको लागि रक्तमोक्षण चिकित्साको प्रयोग हुने गर्दछ । जठरात्र पथमा मौजुद विष रगतमा अवशोषित हुन्छ, र सम्पूर्ण शरीरमा परिसंरचन हुन्छ । बारम्बार हुने संक्रमण, तनाव तथा अन्य स्थितिको यो एक मुख्य कारण हो । यस अन्तर्गत डन्डिफोर, सेता कुष्ठ रोग, छाला चिलाउने लगायतका समस्या पर्दछ । यस परिस्थितिमा अन्य औषधिका साथै, जीवन विषयको निष्कासन तथा रगतको शुद्धिकरण आवश्यक छ । यो विधि गठिया रोगको लागि समेत लाभदायक मानिन्छ ।
रक्तमोक्षण प्रक्रियाले रगतको शुद्धिकरण गर्छ । यसको माध्यमबाट प्रतिरोधी क्षमता समेत मजबुत हुने गर्छ ।
चिनी, नुन, दही, अमिलो खाद्यान्न लगायत मदिरा रगतको लागि जीवविष मानिन्छ । रगत सम्बन्धि केही रोगबाट मुक्त हुन तथा रगतको शुद्धिकरणका लागि यी पदार्थबाट परहेज जरुरी छ ।