वीरगंज । कैलालीको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले आफ्नो जेठ महिनाको सेवासुविधाको रकम गौशालालाई हस्तान्तरण गरेका छन् ।
मेयर हमालको यो पहिलो पारिश्रमिक हो । उनले जेठको २३ दिनको ५५ हजार ६८७ रुपैयाँ धनगढी उपमहानगरपालिका–३ मा रहेको गौ संरक्षण सेवा समितिलाई हस्तान्तरण गरेका हुन् ।
हमालले आफूले पाउने रकम विभिन्न सामाजिक संस्थालाई प्रदान गर्ने बताउँदै आएका छन् । निर्वाचनताका पनि मेयर हमालले सरकारको एक रुपैयाँ पनि नलिने घोषणा गरेका थिए ।