बिरगंज । मिस्टर एण्ड मिस बिरगंज फैशन हन्ट २०२२ का निपुण दास र प्रकृति उपाध्याय बिजेता भएका छन। आफ्नो प्रतिभा मार्फत आम समुदायको रोजाईमा उत्कृष्ट अंक ल्याइ सफल भएका छन। इ सेवा भुयअर च्वाइस फस्ट रनर अपको उपाधी हिमेश बिक्रम साह र स्वस्तिका रौनियार भएका छन।
दोस्रो रनर अपको उपाधि सेख समस र सिमा मेहताले प्राप्त गरेका छन। त्यसैगरि मिस्टर फोटोजेनिक करण बानिया र मिस्टर चार्मको उपाधी हिमेश बिक्रम साहले प्रफोरमंसको आधारमा पब्लिक रोजाईमा सफल भएका हुन्। \
आयोजक एमि इन्टरटेनमेन्टका तर्फबाट युवराज केशरी र बिजय ठाकुरको संयुक्त अध्यक्षतामा रहेको कार्यक्रमका प्रमुख अतिथी डा.दिपक शक्य लगायतका उपस्थिती रहेको थियो भने कार्यक्रम उदघोष बिबेक कर्णले गरेका थिए ।