• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनता समाजवादी पार्टी (जसपा) ले गरे मन्त्री फिर्ता बोलाउने निर्णय

  • वीरगंज संजाल
  • १७ असार २०७९, शुक्रबार १८:१५
  • २५३७

    जनता समाजवादी पार्टी (जसपा) ले १३ असारमा मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि नेताहरुको दौडधूप चलेको छ। शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जसपाबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषिमन्त्री महिन्द्र राय यादव र वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव छन्। चारै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहार पठाउने अधिकार पार्टीले अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ।त्यहीकारण अहिले मन्त्रीको आशमा उपेन्द्रकहाँ धाउने नेताहरुको संख्या पनि बढेको उनीनिकटहरु नै बताउँछन्। त्यसबाहेक जसपाभित्र विवाद छ। संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका नेताहरुले समावेशी र सामूहिक नेतृत्व लगायत माग राखेपछि पार्टीमा विवाद छ। त्यही विवादले उग्र रुप लिएपछि भट्टराई पक्ष नेताहरु अल्पमतमा परेपछि जसपाबाट बाहिरिने तयारीमा छन्।

    डा. भट्टराई पक्ष नेताहरु बाहिरिने भएपछि अध्यक्ष उपेन्द्र यादव मन्त्री चयनबारे परामर्श गरिरहेका छन्। स्रोतका अनुसार यादवले तीन आधारमा नयाँ मन्त्रीहरु पठाउने तयारी गरेका छन्। पहिलो, संघीय समाजवादी र मधेसी जनाधिकार फोरम मिलाएर एकता गर्दाको क्लष्टर मिलाएर मन्त्री बनाउने। दोस्रो, डा. भट्टराई र राजपाबाट जसपामै बाँकी नेताहरुलाई पनि मिलाएर मन्त्री बनाउने। र, तेस्रो, महिलाको संख्या मिलाउने। अहिले देउवा सरकारमा जसपाबाट महिलामन्त्रीका रुपमा एकजना रेणु यादव मात्रै छिन्। उपेन्द्रको पक्षमा खुलेका १६ सांसदमध्ये सबै मन्त्री बन्न प्रयास गरिरहेका छन्। तर अर्कातिर अहिलेकै मन्त्रीहरु पनि फिर्ता हुन मानिरहेका छैनन्। एकीकृत समाजवादीले सेटै फेरेपछि जसपामा पनि मन्त्री फेर्ने दबाब बढेको छ।

    तर, बाबुरामपक्षीय मन्त्री भनेर चिनिएका महिन्द्र राय यादवलाई हटाउन पनि उपेन्द्र मन्त्रीहरुलाई फिर्ता बोलाउने अडानमा छन्। त्यस्तो अवस्थामा उपेन्द्रले कसकसलाई मन्त्री बनाउलान त? उनीनिकट नेताहरु अहिले नै कुनै निश्चित नभएको दाबी गरे पनि उपेन्द्र आफैँले भने मन्त्री बन्ने नेताहरुको सम्भावित नाम संकलन गरिसकेका छन्। अध्यक्ष यादवले मन्त्री फेरबदलबारे पार्टीभित्र छलफलमा रहेको बताएका छन्। ‘अहिले पार्टीभित्र छलफल चलिरहेको छ, टुंगो लागिसकेको छैन’, यादवले शुक्रबार बिहान नेपालखबरसँग भने। ती नामहरु परिवर्तन हुने सम्भावना कम रहेको उनी निकट नेताहरुको भनाइ छ। स्रोतका अनुसार प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित, आफूलाई साथ दिएको, राष्ट्रियसभा सदस्य र महिला गरी चार आधारमा अध्यक्ष यादवले मन्त्री छान्नेछन्। उपेन्द्रको मन्त्री बन्ने लिष्टको पहिलो नम्बरमा प्रमोद साह छन्। उनी निर्विकल्प हुन्।

    यसअघि मन्त्री पठाउँदा पनि साहको नाम मन्त्री बन्ने सूचिमा थियो तर, डा. बाबुराम भट्टराईले प्रस्ताव गरेपछि महिन्द्र राय यादव पठाइएका थिए। यसपटक उपेन्द्र साहलाई मन्त्री बनाउने पक्षमा छन्। स्रोतका अनुसार उपेन्द्रले सरकारमा रहेका मन्त्रीमध्ये कम्तीमा एकजनालाई पुनः मन्त्री बनाउनेछन्। त्यसमध्ये रेणु र राजेन्द्र श्रेष्ठ कसलाई दोहोर्‍याउने? उनी परामर्शमै छन्। अशोक राई पक्षलाई मिलाउन र क्लष्टर मिलाउन राजेन्द्र दोहोरिने सम्भावना पनि छ। तर, उपेन्द्रका दाहिने हात रेणु यादवलाई दोहोर्‍याउन उनलाई दबाब छ।

    यही कुरालाई बुझेका उपेन्द्रले राजेन्द्रलाई फिर्ता बोलाएर वरिष्ठ नेता अशोक राईकी श्रीमती सुशीलालाई मन्त्री बनाउन सक्ने उनीनिकट एक नेताले बताए। ‘उहाँसँग २ वटा विकल्प छन्। रेणुजीलाई कन्टिन्यु गरे अशोकजी पक्षलाई व्यालेन्स गर्न उनकी श्रीमती सुशीलालाई मन्त्री बनाउने वा राजेन्द्रजीलाई कन्टिन्यु गरे रेणुजीको ठाउँमा अर्को महिला सांसद पठाउन सक्ने दुवै सम्भावना छ।’ सुशीला सांसद होइनन्। त्यही भएर त्यो सम्भावना कम भएको जसपाका नेता रकम चेम्जोङ बताउँछन्। ‘जसपाले यस पटक गैरसांसदलाई मन्त्री बनाउँदैन,’ चेम्जोङले नेपालखबरसँग भने, ‘मन्त्री बनाउन हामीसँग पर्याप्त सांसद छन्।’ तर, उपेन्द्रनिकट अर्का नेता अब बन्ने मन्त्री चुनावी भएकोले गैरसांसद पनि बन्न सक्ने सम्भावना देख्छन्।

    बाबुराम पक्षमा रहेका भनिएका मोहम्मद इस्तियाक राई मन्त्री बन्नकै लागि उपेन्द्रतिर खुलेको उनीपक्षीय नेताहरु बताउँछन्। ‘मोहम्मद मरिहत्ते गरिरहेका छन्। प्रदीप यादव पनि मन्त्री बन्ने दौडमा छन्,’ ती नेताले भने, ‘उनीहरु दुईमध्ये एकजना मन्त्री बन्न सक्छन्।’ उनले दुईजना नै पर्ने सम्भावना निकै कम रहेको बताए। ‘उहाँहरु डा. भट्टराई पक्षमा हुनुहुन्थ्यो, मन्त्री फिर्ता बोलाउने निर्णय भएपछि यता खुल्नुभएको हो’, ती नेताले थपे, ‘त्यसअघि उहाँहरुले जसपामा अध्यक्षविरुद्ध के कस्तो बोल्नुभएको छ, त्यो कुराबारे उहाँ (उपेन्द्र) जानकार हुनुहुन्छ।’ र, अर्का नयाँ मन्त्री बन्ने चर्चामा रहेका नेता हुन् राष्ट्रिय सभा सदस्य मिर्गेन्द्र सिंह यादव। उपेन्द्रलाई मन्त्री छान्न कठिन भएकैले २७ र २८ असारमा वीरगञ्जमा बस्ने केन्द्रीय समिति बैठकपछि मात्रै सरकारमा नयाँ अनुहार पठाउन सक्ने सम्भावना छ।

    ‘अहिले मन्त्री बनाउन अध्यक्षलाई गाह्रो छ, तरवार लिएर बसेका छन्,’ एक नेताले भने, ‘मन्त्री नपाए विद्रोह गर्छन्, बाबुरामजी पनि कुरेर बस्नुभएको छ। त्यही भएर बैठक अगाडि मन्त्री फेरिने सम्भावना कम छ।’ तर, मन्त्री बनाउने कुराले पार्टीमा समस्या नआओस् भनेर अध्यक्ष यादव सचेत छन्। त्यहीकारण उनले हल्ला हुन नदिन मन्त्री छान्ने अधिकार आफूमै राखेका छन्। भित्रभित्र काम गर्न रुचि राख्ने उपेन्द्रले खुसुक्क प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नयाँ मन्त्रीको नाम पठाउन सक्ने नेताहरु बताउँछन्। ‘१०/१५ जना मन्त्रीका आकांक्षी छन्, नपाउनेले तत्काल क्याम्प चेञ्ज गर्न सक्छन्,’ उपेन्द्रनिकट स्रोतले नेपालखबरसँग भन्यो, ‘बैठकअघि फेर्ने तयारी देखिँदैन। तर राजनीतिमा रातारात धेरै भएको छ, नहोला भन्न सकिन्न।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑