वीरगंज । हङकङस्थित नेपाल च्याम्बर अफ कमर्सको पाँचौं अधिवेशनले सर्वसम्मत रूपमा लबकुमार गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
हङकङको जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्ट मा सम्पन्न अधिवेशनले उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा क्रमशः लबकुमार गुरुङ, धरमकुमार गुरुङ र धिरजकुमार राई, शशी मदन राई, र इन्द्रा गुरुङ छन्। यस्तै सदस्यहरूमा ढुण्डीराज ज्ञवाली, प्रकाश गुरुङ, विष्णुकुमार गुरुङ, बर्दन गुरुङ र तीर्थराज गुरुङ छन्। बाँकी ५ पदाधिकारी एक महिनाभित्र चयन गरिने जानकारी अध्यक्ष गुरुङले नेपालखबरलाई दिए।
अघिल्लो दुई कार्यकाल उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका गुरुङ आफ्नो नेतृत्वमा च्याम्बरलाई थप उचाइमा पुर्याउने लक्ष्य रहेको उनले बताए। नेपालखबरसँग उनले भने, ‘विगत ३ वर्ष कोभिडका कारण च्याम्बर्सका गतिविधि ठप्प थियो, अब ठोस योजना सहित च्याबम्र्सले गति लिनेछ।’ सन् २००८ मा तेजकुमार राईको नेतृत्वमा च्याम्बर्स स्थापना भएको हो।