बिरगंज । आफूलाई अख्तियारको इन्स्पेक्टर बताएर रकम असुलेको र यसरी रकम उठाउनेलाई सघाएको आरोपमा सशस्त्र प्रहरीले महोत्तरीको जलेश्वरबाट तीन जनालाई पक्राउ गरेको छ। सशस्त्रले सुरुमा जलेश्वर–१२ थरुवाहीका रवि ठाकुरलाई पक्राउ गरेको थियो।
उनले ५ हजार ८०० भारु लिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिएउनलाई सशस्त्र प्रहरी बल बीओपी जलेश्वरबाट खटिएको सशस्त्र र प्रहरी चौकी नैन्हीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जनाइएको छ।
उनीसँग सोधपुछका क्रममा अरु दुई जना पनि संलग्न रहेको खुलेपछि उनीहरुलाई पनि पक्राउ गरेको सशस्त्रले जनाएको छ।पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी–६ का प्रभास झा र हमित राईन छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको बताइएको छ।