मिति २०७९।०३।१५ गते २२;०० बजे जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.७ विश्रामपुर छप्कैयाको एक घरमा विषादी सेवनका कारण वालिकाको मृत्यु भएको घटनाको सूचना प्रहरीलाई नदिई गोप्य रुपमा शवको अन्त्यष्टी गर्न लागेको भन्ने सूचना प्राप्त भई यस कार्यालय तथा मातहत ईलाका प्रहरी कार्यालय पोखरिया समेतबाट खटी गएको संयुक्त प्रहरी टोली बहुदरमाई न.पा. वडा नं. ७ स्थित ढोङ्गी खोलाको मसानघाटमा पुग्दा जल्दै गरेको शव बेवारिसे छोडी मलामी गएका व्यक्तिहरु भागी फरार भएको तथा प्रहरी टोलीले जल्दै गरेको शव बाँसको प्रयोग गरी चिताबाट निकाली जल्न बाँकी रहेको शवको लास जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाईएको र ढोङ्गी खोला पुलमा रोकी राखेको अवस्थामा शव लैजान प्रयोग गरिएका ना ४२ प ७६९७ र ना २१ प ६८७ नं. का मो.सा. थान-२ समेत बरामद गरिएको छ । उक्त घटना सम्बन्धमा निम्न मानिसहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा मृतक वालिकाको प्रेम सम्बन्ध रहेकोमा असन्तुष्ट भएका परिवारका सदस्यहरुले मृतक बालिकाले ३/४ दिन पहिला आफ्नो प्रेमीलाई आफ्नै घर नजिक बोलाइ लुकिछिपी भेटघाट गर्दै गरेको अवस्थामा मृतककी आमाले देखी घरपरिवारको सदस्यहरू मिली मृतकलाई निर्घात कुटपिट गरेको र घरबाट बाहिर आउन-जानमा कडाई गरेकोमा मृतकले आफ्नै पसलमा विक्री गर्न राखिएको बिषादी ल्याएर सेवन गरेको जानकारी पाइसक्दा समेत उपचार गर्न नलगी कोठामा थुनी राखेका कारण मृत्यु भएकोमा परिवारका सदस्यहरू मिली योजना बनाई कोही कसैलाई थाहा नदिई माथि उल्लेखित नम्बरका मो.सा.हरूमा लोड गरी उक्त शवलाई ढोङ्गी खोलाको किनारमा रहेको मसानघाटमा लगी जलाएको खुल्न आएको हुँदा निजहरू विरुद्ध ज्यान सम्बन्धी कसूर ( कर्तव्य ज्यान ) मा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ५ ( पाँच) म्याद लिई अनुसन्धान भइरहेको व्यहोरा सूचित गरिन्छ ।
साथै; घटनामा सलंग्न अन्य व्यक्तिहरूको पहिचान भैसकेको हुँदा निजहरूलाई तदारुक्ताका साथ खोजतलास भइरहेको व्यहोरा समेत जानकारी गराइन्छ ।
निम्न:-
१.अभियुक्त:-१८ वर्षीया वालिका
पक्राउ मिति:-२०७९।०३।१६ गते ।
मुद्दा:-ज्यान सम्बन्धी कसूर ( कर्तव्य ज्यान) ।
२.अभियुक्त:-आशा देवी
उमेर:- ४० वर्ष
ठेगाना:- जि.पर्सा बहुदरमाई न.पा.वडा नं.७
पक्राउ मिति:-२०७९।०३।१६ गते ।
मुद्दा:-ज्यान सम्बन्धी कसूर ( कर्तव्य ज्यान) ।
३.अभियुक्त:-उर्मिला देवी
उमेर:- ५० वर्ष
ठेगाना:- जि.पर्सा बहुदरमाई न.पा.वडा नं.७
पक्राउ मिति:-२०७९।०३।१६ गते ।
मुद्दा:-ज्यान सम्बन्धी कसूर ( कर्तव्य ज्यान) ।