बिरगंज । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेका छैन । पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु मलबिनाकै रोपाइँ गर्न बाध्य भएका हुन । दुई तिन दिन देखी दिनहुँ जसो पानी परिरहेको छ । दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्याउन्न किसानहरु लागेका छन ।
बजारमा मल पाइएन, पानी परेकाले बीउ रोप्न थालियो, एक किसानले भने जिल्लाका सबै भेगमा पानी परेपछि किसान सक्रिय बनेका छन्। तर असार मसान्तमै धानको सहीरोप भए पनि मलको अभावका कारण धानको रोपाईमा ढिलो हुने गरेकोे बताउँछन्। ।
मौसमले साथ दिए समयमै धान रोपाइँ सकिन्छ तर मल अभावका काणर सकिन्न भने किसानहरु चिन्तामा छन । उनले भने मल नपाएकोमा भने उनको दुःखेसो छ । पर्सा सहितका मध्यपश्चिम तराईमा गत जेठ २२ गतेसम्म हिउँदे धानको बीउ रोप्ने सक्ने र साउन तेस्रो साता भित्र खरुवन पहिले रोपिएको बीउको रोपो गाँजिए पछि उखेलेर रोप्ने रोपाइँ सक्ने उपयुक्त समय हो ।
लगातार पानी परिरहेकाले खेतका गह्रामा पानी लागेको छ । किसान खेत हिल्याउने, गह्रा सम्याउने, बीउ काढ्ने ,बीउ उखेल्ने र रोप्ने समय भए पनि मलको अभावका कारण रोपाइँमा ढिलो हुने गरेको किसानहरु बताउँछन्। । जिल्लाको कुल क्षेत्रफल १३५३ वर्ग कि.मि.( १३८९४३ हेक्टर) छ ।
जसमा कृषि योग्य भुमि ५४७३२ हेक्टर, खेती गरिएको भुमि ५००४६ हेक्टर छ जस मध्ये ११ प्रतिशत धान रोपाईका लागि खेत तयार गरिए पनि ८९ प्रतिशत खेतका रोपाइका लागि अहिले रासायनिक मलकै अभाव रहेको किसानहरु बताउँछन्।
यहाँका अधिकांश खेती आकाशे पानीकै भरमा हुने गरेको छ तर मलकै अभावमा पानि परेको बेला रोपाइ हुन सकेको छैन ।