• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धान दिवस : हिलो खेल्नेलाई मस्ती, मल नपाउने किसानलाई सास्ती

  • वीरगंज संजाल
  • १५ असार २०७९, बुधबार २१:४७
  • २२७३

    बीरगंज । असार १५ गते राष्ट्रिय धान दिवस । देशभर धान दिवसका अवसरमा विभिन्न कार्यक्रमहरू भए । कतै मन्त्रीले मेसिनबाट धान रोपे त कतै विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी तथा अन्य क्षेत्रका मानिसले पनि धान रोपाइँ गरेर धान दिवस मनाए । सामाजिक सञ्जाल धान दिवसको शुभकामनाले रंगिन बन्यो । किसानसँगै हातेमालो गरेर धान दिवस मनाउन पुगेका केही थान मानिसलाई धान रोपाइँले जति रमाइलो दियो त्यति रमाइलो साँच्चै जीवन चलाउनकै धान रोप्नेहरूलाई भने मिल्न सकेन ।

    महँगो धानको बिउ तथा रसायनिक मलको अभावले मन पोल्दै धान रोपाइँ गर्न हिलोमा टेकेका र असार १५ मा मात्रै हिलो देखेकाहरूको मुस्कान फरक देखिन्थ्यो । हेटौंडा ६ चौघडाका नवराज कार्कीको १० कठ्ठा खेतमा बुधबार रोपाइँ थियो । बिउ, ट्याक्टर, खेताला सबै जुटाएर बुधबारका लागि रोपाइँको दिन ठेगान गरेका उनलाई धानमा हाल्ने डिएपी मल नपाएपछि बेर्थै रोपाइँ गरेछुजस्तै लागेको बताउँछन् । १ बिगाहा खेतमा धान रोप्नका लागि कम्तिमा पनि ८० देखि ९० किलोसम्म डिएपी मल आवश्यक रहेका उनले अहिलेसम्म १ किलो मल पनि पाएका छैनन् । अघिल्लो खेतीका रूपमा रहेको मकैबालीमा पनि युरिया मल हाल्न नपाएकै कारण घोगा नै नलागेको कार्की बताउँछन् ।

    ‘खर्च गरी गरी मकै रोप्यौँ । मल हाल्ने बेलामा कतै मल नपाएपछि एउटै दान लागेन । त्यही मकै फाँडेर अहिले धान रोप्न लाग्या छौं । अहिलेसम्म पनि मलको अत्तोपत्तो छैन । डिएपी मल पाएनौं भने यो रोपाइँको पनि अर्थ नै हुँदैन । मल नभएपछि बिरुवा पहेँलो भएर जान्छ । धान फल्ने त के पराल पनि काम लाग्दैन होला’, कार्कीले भने ।

    सोही ठाउँकी कुमारी राईको पनि ९ कठ्ठा खेतको रोपाइँ शुक्रबारको लागि ठेगान गरेर खेताला खोजिसकेकी छिन् । बिहीबार उनको खेत हिल्याउने काम छ । रोपाइँ गर्नेभन्दा पनि रोपाइँ गर्नुअघि तथा रोपाइँको भोलिपल्टै धानमा हाल्नलाई मल नभएपछि काढेको बिउ रोपौँ कि नरोपौँजस्तै भइरहको उनले सुनाइन् ।

    उनले भनिन्, ‘जहिल्यै यस्तै हुन्छ । कति खर्च गरेर हामीले खेती गर्छौं । कहिले मल पाइँदैन, कहिले खोजेको जस्तो बिउ पाइँदैन । दुःख खेर मात्रै जान्छ । अहिले चाहिने बेलामा डिएपी मल नपाएर तनाव छ । भोलिपर्सि युरिया मल पाइँदैन डिएपी मात्रै पाइने होला । दिक्क लाग्छ ।’ आफ्ना दु:ख सरकारले कहिल्यै नदेखेको भन्दै राईले गुनासो गरिन् । ३५ प्रतिशत रोपाइँ सम्पन्न

    जिल्लामा हालसम्म ३५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिलामा मकवानपुरे १,सावित्री,वार लगायतको धान लगाइँदैछ । जिल्लाको हेटौंडा उपमहानगरपालिका, मनहरी, मकवानपुरगढी, बकैया र बागमती गाउँपालिकामा बढी धान उत्पादन हुने क्षेत्र हो ।

    प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्गत मकवानपुर जिल्लाका प्रमुख केपी पौडेलका अनुसार जिल्लामा हालसम्म ३५ प्रतिशत धान रोपाई भएको छ ।

    जिल्लामा वर्षे र चैते धान गरी ११ हजार ३ सय ९५ हेक्टर क्षेत्रफलमा धान खेती हुनेमा वर्षे धानमा ९ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदैछ । वर्षे धान रोपाइँमा हालसम्म ३५ प्रतिशत रोपाइँ सम्पन्न भएको पौडेलले बताए ।

    उनले गत वर्ष वर्षे र चैते धान गरी मकवानपुरमा ४३ हजार ५ सय ६५ मेट्रिक टन धान उत्पादन भएको बताउँदै यस वर्ष बाढी र पहिरोले असर नगरे र किसानले समयमै रसायनिक मल,बिउ पाएको अवस्थामा १० प्रतिशत उत्पादनमा वृद्धि हुने अनुमान रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑