बिरगंज । काठमाडौँ उपत्यकामा थप २ जनामा हैजा संक्रमण पुष्टि भएको छ। यससँगै उपत्यकामा हैजा संक्रमितको संख्या १४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राका अनुसार काठमाडौँ उपत्यकामा असार २ देखि १५ गते (हिजो ) सम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो।
यसअघि काठमाडौंको बागबजारमा २ जना, ललितपुरको सानेपमा १ जना, थानकोटमा १ जना, नैकापमा १ जना, बल्खुमा १ जना, बालाजुमा १ जना, डिल्लीबजारमा १ जनामा हैजा भेटिएको थियो ।
हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ। साथसाथै जनचेतनाका कामहरु पनि अघि बढाएको बताएको छ ।