बारा । बाराको कलैंयामा बैदेशिक रोजगार सम्बन्धि अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
अप्रावासी संघ कलैयाको आयोजनामा युनिक कोचिङ्ग सेण्टर कलैया ५ को तालिम हलमा आयोजना भएको कार्यक्रममा ४२ जना बिधार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुलाई अप्रवासी संघ कलैयाका रानेश्वर प्रसाद साहले प्रशिक्षण दिएका थिए । कार्यक्रमा कोचिङ्ग सेण्टरका शिक्षक दिपेश लाल दास,सुजित मल्लिक,सुजिता कर्ण लगायतको पनि उपस्थिती रहेको थियो ।