वीरगंज । महागढीमाइ नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले दही-चिउरा खाने दिन र धान रोपाई दिवस मनाएको छन्।
धान दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै महागढीमाइ नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले आगामी आर्थिक वर्षदेखि कृषि क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले कृषि उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।
साथै कृषि उत्पादकत्व बढाउन माटो परिक्षण, जैविक मलको उत्पादनमा जोड, यान्त्रिकीकरण, सिचाईको सहज उपलब्धता र कृषि मिटरमा छुट, चौपाया गाईवस्तुमा अनुदान लगायतका कार्यक्रम ल्याउन लागेको मेयर यादवले बताए ।