वीरगञ्ज । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा एक सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
तेजावी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यसैगरी बुधबार चाँदी भने प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।