काठमाडौं । काठमाडौं बालुवाटारस्थित सुनौलो परिवार नेपालको भवनमा आगलागी भएको छ । बिहान ६ बजेबाट सुरु भएको आगलागी नियन्त्रणमा आएको छैन ।
दमकलको सहायताले आगो निभाउने काम जारी रहेको काठमाडौ प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरिले बताए । काठमाडौं महानगरपालिका र प्रहरीको दमकलको सहयताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।