वीरगंज । रामजी यादव । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बिरगंज शाखाले पोखरियामा पनि उप-शाखाको बिस्तार गरि उद्घाटन कार्यक्रम समपन्न भएको छ। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड शाखा बिरगंजको उप-शाखा पोखरियाको उद्घाटन प्रदेशनं.२ का प्रदेश प्रमुख दिगम्बर गुप्ताले गर्नु भएको छ।
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड पोखरिया शाखाका प्रमुख रंजीत पटेलले हिन्दु सनातन्न धर्मबिधी अनुसार धार्मिक पुजा पाठ गरि उप-शाखा पोखरिया संचालनमा आएको छ। पोखरिया नगरपालिका वार्ड नं.४ पोखरियामा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आज एक कार्यक्रम गरि उप-शाखाको बिस्तार गरि संचालनमा लाएको छ।महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड प्रदेशनं.२ को शाखा बिरगंजले पोखरियामा पनि आफ्नो बिमितहरुको सेवा प्रवाह र कर्मचारीहरुलाई सहज होस भन्ने उदेश्यले उप-शाखाको बिस्तार गरिएको हो।
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड प्रदेश नं.२का प्रदेश प्रमुख दिगम्बर गुप्ता र पोखरिया उप-शाखाका प्रमुख रंजीत पटेलले महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको बिमा पौलिसीको बारेमा बिमित र अभिकर्ताहरुलाई जानकारी गराउनु भएको थियो । महालक्ष्मी ईन्सोरेन्स लिमिटेडको शाखा बिरगंज र उप-शाखा पोखरियाका एजेन्सी मनेजर र अभिकर्तालाई प्रदेश शाखा प्रमुख दिगम्बर गुप्ताले माला र टिका लगाई कदर तथा सम्मान गर्नु भएको थियो सो महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड उप-शाखा पोखरियाको उदृघाटन कार्यक्रममा एजेन्सी मनेजर लालबाबु चौहान,संतोष चौहान ,मुन्ना साह,रिना कुशवाहा,बिन्दु महतो,सिमा पटेल,कृष्णा साह,लगायतको सहभागिता रहेको थियो।