वीरगंज । कैलाली र कञ्चनपुरमा आज बिहान च,ट्याङ लागेर चार जनाको मृ, त्यु भएको छ । कैलालीमा दुई र कञ्चनपुरमा दुई जनाको खेतमा काम गरिरहेका बेला चट्याङ लागेर मृ, त्यु भएको प्रहरीले जनाएको छ ।
कैलालीको कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षकी सुगपंखीदेवी चौधरीको बिहान ८ बजे खेतमा काम गरिरहेका बेला चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनका अनुसार चट्याङ लागेर घाइते भएकी चौधरीको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृ, त्यु भएको डीएसपी जोशीले बताए ।
यस्तै कैलालीकै गोदावरी नगरपालिका–३ मालाखेतीमा पनि चट्याङ लागेर एक जनाको मृ, त्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरीको मृ, त्यु भएको हो । मालाखेती रेडियन्ट ग्यास कम्पनीको जमिनमा धान रोप्न आएका उनको चट्याङ लागेर आज बिहान मृ, त्यु भएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।
उता कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृ, त्यु भएको छ । वर्षासँगै च, ट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृ, त्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले जानकारी दिए ।
त्यसैगरी चट्याङ परेर पुनर्वास नगरपालिका–८ ‘क’ गाउँकी २५ वर्षीया शारदा थापाको पनि घटनास्थलमै मृ, त्यु भएको छ । प्रहरी निरीक्षक मल्लका अनुसार थापाको खेतमा धान रोप्दै गर्दा चट्याङ लागेर मृ, त्यु भएको हो । प्रहरीका अनुसार मृतक थापासँगै रहेका अर्का एक व्यक्तिसमेत सामान्य घाइते भएका छन् ।