वीरगन्ज । आम रुपमा मानवजातिमा महिलाले एउटा बच्चा जन्माउँछन् । कसै कसैले जुम्ल्याहा बच्चा जन्माउने भएता पनि ३ र सो भन्दा धेरै बच्चा महिलाको संख्या निकै कम हुन्छ ।
विश्वमा अहिलेसम्म एकै पटकमा सबैभन्दा धेरै बच्चा जन्माउने महिलाको रुपमा अमेरिकाकी नादया सुलेमान छिन्, जसले सन् २००९ मा एकै गर्भबाट ८ वटा बच्चा जन्माएकी थिइन् ।
यसको अर्थ विश्वमा हालसम्म कुनैपनि महिलाले एउटा गर्भबाट ८ भन्दा बढी बच्चा जन्माएको छैन । तर अब यो रेकर्ड मेक्सिकोकी एक महिलाले भंग गर्नेवाला छिन् । यदि डाक्टरहरुको कुरा पत्याउने हो भने ती महिलाको गर्भमा अहिले एकसाथ १३ वटा बच्चा हुर्किरहेका छन् ।
मेक्सिकोको इक्सटापलूकामा बस्ने मारित्जा हर्नान्डेज मेन्डेज नामक ती महिलाले यसअघि नै ६ वटा बच्चा जन्माइसकेकी छिन् । ६ बच्चा मध्ये दुईवटा जुम्ल्याहा, तीन वटा तिम्ल्याहा हुन् भने एउटा बच्चामात्र एक्लै जन्मिएको हो । मधेसखबर