वीरगंज । पहिरोको कारण वेसिशहर–डुम्रे सडक खण्ड अवरुद्ध भएको छ ।
लमजुङ बेसिशहर नगरपालिका–१ उदिपुरस्थित वेशिशहर–डुम्रे सडक खण्डमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक अवरोध खुलाउन आवश्यक पहल गरिरहेको छ ।