बिरगंज । एलाइड युथ सोसाइटीले विश्व लागु पदार्थ दुव्यर्सन तथा अवैध ओसार प्रसार विरुद्ध दिवसको अवसरमा वीरगन्जको बि.आई.एम कलेजमा सचेतनामुलक कार्यक्रम गरेको छ ।
सामुदायिक प्रहरीको साझेदारी कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख एवं प्रहरी निरीक्षक बिशाल मल्लको नेतृत्वमा बि.आइ.एम. कलेजका स्नातक तहका विद्यार्थीहरुलाई लागुऔषधी बिरूद्ध जनचेतना कार्यक्रमको आयोजना गरिएको थियो । प्रहरी निरीक्षक बिशाल मल्लले लागुऔषधबाट हुने नोक्सानी बारे विद्यार्थीहरुलाई प्रकास पार्नुका साथै यस कुलतबाट सधै टाढानै रहनुपर्छ भनी सचेत समेत गराएका थिए ।
कार्यक्रम एलाइड युथ सोसाइटी संस्थाका अध्यक्ष आकाश दासको सभापतित्वमा सम्पन्न भएको थियोे भने कार्यक्रमको प्रमुख अतिथि बि.पि.सी कलेजका सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठ,संस्थाका संयोजक ओम कुमार झा, मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ता लागयत विभिन्न संस्थामा जुडेका ब्याक्तीहरुको विशेष सहभागिता रहेको थियोे ।