वीरगंज । सरकारले इन्धनको मूल्यमा वृद्धि गर्दा अत्यावश्यक वस्तुमा समेत मूल्यवृद्धि भईरहेको छ । केही समय अघि ईन्धनमा भएको मूल्यृद्धि विरुद्ध चोतर्फी विरोध भएपछि २० प्रतिशत कर समायोजन गरेर ईन्धनको मूल्य घट्यो ।
तर, बजारमा पाईने अत्यावश्यकिय तथा खाद्यान्न वस्तुको मूल्य भने घटेको छैन् । बजारमा यसरी मूल्य वृद्धि हुँदा आम सर्वसाधारणले भने सरकारको कमजोरी भएको गुनासो गरिरहेका छन् । दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि नियन्त्रण गर्न नसक्ने हो भने आम सर्वसाधारणलाई सामान खरिद गरि खान नै मुस्किल हुन सक्ने उनिहरुले बताएका छन् ।
यता, राष्ट्रिय उपभोक्ता मञ्चले भने आफूहरुको दवावका कारण ईन्धनको मूल्य घटाउन सफल भएको बताएको छ । ईन्धनको मूल्य नियन्त्रण भईसकेकाले निकट भविष्यमा नै अत्यावश्यकिय वस्तुको मल्यमा नियन्त्रण लिईने र उपभोक्ताले सहुलियत मूल्यमा उपभोग गर्न पाउने उनिहरुको भनाई छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनमा भने तिव्रता दिईएको बताएको छ । उपभोक्ताहरु नठगिउन भन्नका लागि ४ टोली बनाएर र दैनिक २० जनालाई कडाईका साथ बजार अनुगमनका लागि खटाईएको बताएको विभागले बताएको छ । मूल्यवृद्धिका विषयमा सरकार गम्भीर र संवेदनशील देखिएको छ । सरकारले इन्धनमा लगाउँदै आएको कर समायोजन गरेर मूल्य घटाउने निर्णय गर्यो । अब अत्यावश्यक तथा खाद्यान्न वस्तुको मूल्य पनि घटाउनुपर्ने आम उपभोक्ताको माग छ ।