वीरगंज । बारामा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिका बलात्कार गरेको आरोपमा जितपुरसिमरा उपमहानगरपालिका-२२ चकरी बस्ने बर्ष १९ को अजय पाख्रिनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पाख्रिनले ती बालिकालाई घरमा कोही नभएको मौकामा ललाई फकाई नजिकैको जंगलमा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ । बलात्कृत बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले बलात्कारको आरोपित पाख्रिनलाई पक्राउ गरेको हो । घटना बुधबार साझ ५ बजे भएको हो ।
पक्राउ परेका यूवकलाई विहिबार अपराहन्न जिल्ला अदालत बाराबाट दिन ७ को म्याद थप गराई न्यायायिक हिरासतमा राखी आवश्यक अनुसन्धान भई रहेको जिल्ला
प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिनु भयो ।