बिरगंज । काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि भएको छ। यो सँगै काठमाडौंमा हैजा भएका व्यक्तिको संख्या १२ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
दुई जनाको पाटन र एक जनाको स्टार अस्पतालमा उपचार भइरहेको महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए। थप विवरण आउन बाँकी रहेको महाशाखाले जनाएको छ।
यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा लगायत स्थानमा पनि हैजा पुष्टि भइसकेको छ। पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी बेच्न प्रतिबन्ध समेत लगाएको छ।