वीरगंज । मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराको सिमरामा सिठ्ठी जुलुस निकालेको छ।
केन्द्रीय कार्यक्रम अन्तर्गत अनेरास्ववियुले सिमरा चोकमा सिठ्ठी जुलुस निकालेको हो।
पेट्रोलियम पदार्थमा सरकारले मूल्यवृद्धि गरेको र महँगी बढाएको भन्दै अनेरास्ववियुले जुलुसका क्रममा महँगी घटाउन र मूल्यवृद्धि फिर्ता लिन माग गरेको थियो।