• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जका हन्ड्रेड्स ग्रुपले पर्सा जिल्लामा लागूऔषध दुर्व्यसन र साइबर अपराध नियूनिकरणका लागि जनचेतना फैलाउँदै

  • वीरगंज संजाल
  • १० असार २०७९, शुक्रबार १५:३७
  • ३४४१

    वीरगञ्ज । हन्ड्रेड्स ग्रुप वीरगञ्ज संस्थालेले वडा प्रहरी कार्यालय विर्तासँगको सहकार्यमा सामुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्सा जिल्लामा लागूऔषध दुर्व्यसन र साइबर अपराध नियूनिकरणका लागि जनचेतना फैलाउन सुरु गरेको छ । संस्थाले शुक्रबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ स्थित अल्पाइन स्कुलका विद्यार्थीहरुलाई लागूऔषध दुर्व्यसन र साइबर अपराध सम्बन्धि अभिमुखीकरण गरेको छ ।

    विद्यालयको कक्षा ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्लले लागूऔषध सेवनबाट गर्दा शारीरिक, मानसिक, आर्थिक, सामाजिक सबै खालको असर र प्रभावका बारेमा बताए । इन्स्पेक्टर मल्लले विद्यार्थीहरुलाई लागूऔषधका प्रकार, प्रयोगको अवस्था र असर सम्बन्धमा पनि प्रस्तुतीकरण गरे । त्यस्तै उनले लागूऔषधको कारोबार र सेवन गर्नेहरूका लागि कानुनी सजायको व्यवस्था सम्बन्धी समेत जानकारी गराए । मल्लले विद्यार्थीहरुलाई सामाजिक सञ्जाल र इन्टरनेट चलाउँदा संवेदनशील हुँदै सतर्कता अपनाउन र साइबर क्राइमका बारेमा समेत बताए । पछिल्लो समय युवा युवती इन्टरनेटको माध्यमबाट विभिन्न अपराधिक गतिविधिमा समेत संलग्न भएको बताउँदै उनले त्यस्तो गतिविधिको बारेमा जानकारी पाउन साथ नजिकको प्रहरी चौकीमा पुगेर जानकारी गराउन आग्रह पनि गरे ।

    विद्यार्थीहरुबाट उठेको जिज्ञासाको उत्तर दिँदै उनले प्रहरीलाई आफ्नो साथी सरह ठानेर आवश्यकता परेको जुनसुकै बेला निर्धक्कसँग सम्पर्क गर्न आग्रह गरे । हन्ड्रेड्स ग्रुप वीरगञ्जका संयोजक विशेष साहको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सहसंयोजक विक्की सर्राफ, सची राहुल पटेल, सहसचिव सुशील पटेल, कोषाध्यक्ष मधुरञ्‍जन साह, कार्यक्रम प्रमुख रणधीर (आयुष) बरनवाल, सदस्यहरु अविशा गौतम, राजेश गुप्ता, पवन मण्डल, विजय साहलगायतको सहभागिता भएको थियो । संस्थाले आगामी दिनमा जिल्लाका अन्य विद्यालयहरुमा समेत पुगेर कार्यक्रमलाई निरन्तरता दिने संयोजक साहले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑