वीरगंज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै, जनतालाई महँगीको चपेटाबाट बचाउनुपर्ने बताएका हुन् ।
साथै, उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म कर नलिने निर्णय सरकारले गर्नुपर्ने समेत उल्लेख गरेका छन् ।
“आर्थिक गतिविधि गतिशील बनाइराख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर १० रुपैया, सडक मर्मत कर ४ रुपैयाँ, भन्सार र प्रज्ञापन शुल्क २५.२३ रुपैयाँको आधा १२.६२ रुपैयाँ गरी जम्मा २६.६२ प्रतिलिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म कर नलिने निर्णय गरोस् ।” उनले सामाजिक सञ्जालमा उल्खेख गरेका छन् ।