वीरगंज । लगातारको वर्षासँगै ठाउँ ठाउँमा पहिरो खसेको कारण नारायणगढ–मुग्लिन सडक निरन्तर अवरुद्ध भएको छ । आज बिहान एकतर्फीरुपमा खुले पनि पहिरोको जोखिम उस्तै रहेको बताइन्छ ।
आज बिहान साढे बजेको समयमा इच्छाकामना गाउँपालिका–६, कालीखोला नजिक पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो खसेपछि सवारी साधन एकतर्फीरुपमा सञ्चालनमा आएका छन् ।
रातिको पहिरो हटाउन सुरु गरिए पनि सबैतिर जोखिम उस्तै रहेको प्रहरी निरीक्षक सुनजित तामाङले बताए ।