• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    समाज कल्याणमा अनियमितताः अख्तियार बल्ल तात्यो, भृकुटीमण्डपको जग्गा लिज सम्झौता अन्योलमा

  • वीरगंज संजाल
  • १० असार २०७९, शुक्रबार ०७:३९
  • १८०५

    बिरगंज । समाज कल्याण परिषदका पदाधिकारी र केही हर्ताकर्ता मानिएका कर्मचारीलाई । भृकुटीमण्डपस्थित समाज कल्याण परिषदकाे स्वामित्वमा रहेको जग्गा ५ वर्षका लागि भाडामा लगाउने प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएपछि पदाधिकारी र कर्मचारीबीच खैलाबैला मच्चिएको छ । उनीहरुबीच एकआपसमा पोलापोल समेत हुन थालेको छ । आयोगले अनुसन्धान अघि बढाएपछि ३ साता अघि खुलेको टेण्डर प्रक्रिया अन्योलमा परेको हाे ।

    ‘न सम्झौता गर्न बोलाउँछन्, न किन सम्झौता कार्यमा अलमल भइरहेको हो भन्ने बारेमा जानकारी गराउँछन्,’ टेण्डर प्रक्रियामा सहभागी प्रतिस्पर्धीले गुनासो गरेका छन् । टेण्डर प्रक्रिया पारदर्शी भएपनि टेण्डरका सन्दर्भमा तोकिएको न्यूनतम मुल्यका सन्दर्भमा परिषदका पदाधिकारी फस्न पुगेका हुन् । परिषदका को को पदाधिकारीले न्यूनतम मुल्य तोक्ने सन्दर्भमा निर्णय गरेका हुन् ? अख्तियारको चासो त्यहीँनेर देखिन्छ ।महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको समाज कल्याण परिषदकाे स्वामित्वमा रहेको जग्गा विभागीय मन्त्री उमा रेग्मीले दिएको निर्देशन अनुसार परिषदका पदाधिकारी र केही प्रभावशाली कर्मचारीले न्यून मुल्याकंन गरी जग्गा भाडाका लागि टेण्डर प्रक्रिया अघि बढाएका थिए । वैशाख ४ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार भृकुटीमण्डपस्थित सडकमा जोडिएको जग्गा खेल सञ्चालन कार्यका लागि २५ रोपनी र खसीबोका व्यापारका लागि १ रोपनी १ आना गरी २६ रोपनी १ आना जग्गा भाडामा लगाउने प्रक्रिया अघि बढाइएको थियो ।

    केही व्यापारीको स्वार्थ अनुसार नै परिषद्का पदाधिकारीले टेण्डर आह्वान प्रक्रिया अघि बढाएको स्रोतको दावी छ । यसअघि, काठमाडौं फनपार्कले खेल सञ्चालनका लागि भाडामा लिएको समाज कल्याणकै जग्गा मिलोमतोमा कौडीको भाउँमा दिएको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसबेला मुद्दा चलाउँदा फनपार्ककै अगाडि रहेको इच्छुमती तरकारी बजारले भाडामा लिँदाको प्रतिरोपनी ७८ हजार ५ सय १ रुपैयाँलाई न्यूनतम मुल्याकंन गर्दै राजधानीको महत्वपूर्ण स्थानको व्यवसायिक जग्गा भन्दै परिषद्का तत्कालिन पदाधिकारी र तत्कालिन विभागीय मन्त्री माथिसमेत झण्डै ३२ करोड दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    तर, अहिले काठमाडौं फनपार्कसँगै जोडिएको दायाँ र बायाँको जग्गा भाडामा दिन टेण्डर आह्वान गर्ने क्रममा व्यापारीकै चासोअनुसार उनीहरुकै स्वार्थअनुकुल हुनेगरी ३२ हजार २ सय ६६ अर्थात् खेल क्षेत्रको २५ रोपनी जग्गाको न्यूनतम मुल्य प्रति महिना ८ लाख ६ हजार ६ सय ६७ तोकिएको थियो । न्यूनतम रकम तोक्ने प्रक्रियाले नै अख्तियारलाई चुनौति दिएको अवस्थाले समाज कल्याणका पदाधिकारीमा कारवाहीको भय सिर्जना गराएको छ । ‘टेण्डर खुलेको एक साताभित्रै सम्झौता गर्ने भनिएको थियो, तर ३ साता बितिसक्दा पनि परिषद्ले चित्तबुझ्दो जवाफ दिइरहेको छैन । सायद यो प्रक्रिया यसै ढिसमिस हुन सक्छ’, परिषद्का एक कर्मचारीले भने, ‘डकुमेन्ट जाँच भइरहेको भन्दै अलमल्याउने काम भइरहेको छ, त्यो आफूहरु कारवाहीमा नपर्ने उपायको एक मात्र खोजी हो ।’ स्रोतका अनुसार जसले सम्झौता पत्रमा परिषद्का तर्फबाट हस्ताक्षर गर्छ, उ समेत अख्तियारको अनुसन्धान दायरामा तानिने भएकाले कुनै पनि कर्मचारीले सम्झौता पत्रमा हस्ताक्षर गर्न नमानेकाले भाडा प्रक्रिया नै अन्योलमा पुगेको हो ।

    विगतमा भृकुटीमण्डप क्षेत्रमै खेल सञ्चालन गर्दै आएका हरिगोपाल अमात्यको अमात्य इन्टरनेशनललाई उ्रक्त टेण्डर परेको छ । अमात्यकै स्वार्थअनुसार टेण्डर प्रक्रिया आह्वान गरिएको चर्चा चलिरहेका बेला अझै अचम्म त के भन्दा टेण्डर खोल्दा हालेको रकममा भ्याटको १३ प्रतिशत रकम घटाएर सम्झौता गर्ने परिषद्का कर्मचारीको भित्री तयारी थियो । भाडामा जग्गा लिने शर्तनामाको एउटा बुँदा दोस्रो वर्षदेखि प्रत्येक वर्ष ५ प्रतिशत रकम वृद्धि हुने उल्लेख थियो तर, टेण्डर खोल्दा एकमुष्ट हालीएको एक मुष्ट रकममा त्यो केही पनि खुलाइएको छैन ।

    यसरी सरसर्ती हेर्दा टेण्डर प्रक्रियामा निकै चलखेल मात्र देखिन्न, अख्तियारलाई नै चुनौति देखिएपछि विभागीय मन्त्री उमा रेग्मी, उनकै छोराबुहारी नाताकी उपाध्यक्ष मोनिका भट्टराई अधिकारी लगायतका पदाधिकारी पनि अख्तियारको निशानामा परेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑