• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ११ महीनामा १७ सय बिजुली गाडी आयात

  • वीरगंज संजाल
  • ९ असार २०७९, बिहीबार १४:१४
  • २३२५

    वीरगंज । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयात बढ्न थालेको छ । गतवर्षसम्म न्यून रहेको विद्युतीय गाडीको आयात चालू आर्थिक वर्ष (आव) मा उल्लेख्य बढेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको ११ महीनामा १७ सय थानभन्दा बढी विद्युतीय गाडी नेपाल भित्रिएका छन् । विभागका अनुसार गत साउनदेखि जेठसम्ममा १ हजार ७०४ विद्युतीय गाडी नेपालमा आयात भएको छ । गत आर्थिक वर्षको ११ महीनाको तुलनामा चालू आवमा विद्युतीय सवारीसाधनको आयात ७०० प्रतिशतले बढेको छ । गत आव २०७७/७८ को ११ महीनामा २१३ विद्युतीय सवारीसाधन आयात भएका थिए ।

    विभागको तथ्यांकअनुसार चालू आवमा सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट भित्रिएका छन् । चीनबाट १०० किलोवाटका १५४ र १५० देखि २०० सम्म किलोवाट क्षमताका ६५६ गरी ८१० गाडी नेपाल भित्रिएका हुन् । चीनपछि भारतबाट धेरै विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भारतबाट १०० किलोवाट क्षमताका ६०८, दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताका १३२ र फ्रान्सबाट एक गाडी नेपाल भित्रिएको छ । यस्तै यूकेबाट १०० दखि १५० किलोवाट क्षमताका १३, चीनबाट १५० देखि २०० किलोबाट क्षमताका ६५६, दक्षिण कोरियाबाट १०० देखि २०० किलोवाट क्षमताका ५२, जापानबाट ७८ गाडी नेपाल आएका छन् । यूकेबाट २०० देखि ३०० किलोवाट क्षमताका चार र यूकेबाटै ३०० किलोवाटभन्दा बढी क्षमताका २ विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

    पाँच अर्बका गाडी भित्रिए

    चालू आवको ११ महीनामा ५ अर्ब रुपैयाँभन्दा बढीको विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांकअनुसार जेठ मसान्तसम्म १ हजार ७०४ विद्युतीय गाडी नेपाल भित्रिँदा ५ अर्ब ५ करोड १६ लाख १३ हजार रुपैयाँ विदेशिएको छ । उक्त संख्याको विद्युतीय गाडी आयातबाट सरकारले १ अर्ब ३५ करोड ४१ लाख बराबर राजस्व संकलन गरेको छ । सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने गाडीको आयातमा रोक लगाउँदा विद्युतीय गाडी आयातमा वृद्धि भएको बताइएको छ । देशमा विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गाडीसहित विभिन्न १० वस्तुको आयातमा रोक लगाएको छ ।

    मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गरी असार मसान्तसम्म उक्त वस्तुको आयातमा रोक लगाएको हो । सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालित गाडीको आयातमा रोक लगाएर विद्युतीय सवारीसाधन आयात खुला राखेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑