• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कमाउन गएको छोराको विदेशमा मृत्यु, शव कुरेर बसेका आफन्त शोकमा

  • वीरगंज संजाल
  • ८ असार २०७९, बुधबार १३:२१
  • २२४५

    दाङ- घरमा बुवा बिरामी। उपचार गर्ने पैसा भएन। सधै‍ँ पैसाको अभाव भइरहने। खर्च जुटाउन धौधौ पर्‍याे। बिरामी बुवाको उपचार गर्न चाहिने पैसाको जोहो गर्न पाँच वर्षअघि विदेश उडेका मनोजकुमार चौधरीको विदेशमा मृत्यु हुन पुग्यो। राजपुर गाउँपालिका वडा नं. ४ दुलैया गाउँ उनै मनोजकुमारको शवको प्रतीक्षामा छ। तर, अझै शव ल्याउने चाँजोपाँजो मिलेको छैन। छोराको शव कुरेर बसेकी आमा रामली चौधरीको आँखा ओभाएका छैनन्। बुढेसकालको सहारा ठानेको छोराको विदेशी भूमिमा मृत्यु हुन पुग्दा आमाको सपना टुक्रिएकाे छ। कहिले टोलाउने त कहिले आँखाबाट टिलपिल आँशु झार्नु सिवाय अरू केही छैन।

    ‘छोराले बुवाको उपचार गर्छु भनेर विदेश उड्यो। छोरा उडेको केही महिनामा उहाँको मृत्यु भयो’, रामलीले भनिन्, ‘न उसको बुवा बाँच्नु भयो, न छोरा नै रह्यो।’ दुबईमा सेल्स मेनको रूपमा काम गर्ने मनोजकुमार मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका थिए। कारसँगको ठक्कर खाँदा मनोजकुमार गम्भीर घाइते भएपछि दुबईको स्थानीय अस्पतालमा उपचार भइरहेको थियो। जुन ८ मा उनकाे दुर्घटना भएको थियो । घाइते अवस्थामा उपचार गराइरहेका मनोजको तीन दिनअघि मृत्युको खबर घरसम्म आइपुगेको हो। मनोजकुमारको परिवार, आफन्त, छिमेकीसहित सिंगो गाउँ शोकमा छ।

    ‘यो दुःखद खबरले हामीलाई दिन न दिन जस्तो छ, रात न रात जस्तो छ। भोक प्यास सबै भुलेका छौँ’, दाइ नाता पर्ने दिनेशकुमार चौधरीले भने, ‘हामीले सबै सोधीखोजी गरेका छौँ। शव ल्याउन ढिलो हुनेजस्तो भयो। हाम्रो पीडामा मलहम लगाउनको लागि चाँडै शव नेपाल ल्याइदिनुपर्‍याे।’ स्थानीय स्तरबाट शव ल्याउन पहल भइरहे पनि सुनुवाइ भएको छैन। शव अस्पतालमा भएकाले ल्याउन सजिलोको लागि सरोकारवाला निकायले ध्यान दिन आग्रह गरे। ‘हामी हाम्रो संस्कारअनुसार अन्तिम संस्कार गर्न चाहन्छौँ’, उनले भने, ‘यहाँ घरमा परिवारका सदस्यलाई सम्झाउन गाह्रो परिरहेको छ।’

    दुबईको आबुधबी सिटीमा दुर्घटना भएको थियो। त्यहाँ रहेका नेपालीले उपचारको लागि सहयोग गरेका थिए। ठक्कर दिने कार चालकमाथि मुद्धा अघि बढेको छ। तर, शव कसरी ल्याउने भन्ने बारेमा परिवारका सदस्य अन्यौलमा छन्।शव ल्याउने विषयमा माथिल्लो तहमा समेत पहल भएको पत्रकार महेश रिजालले बताए। तर, कहिले शव आउछ भन्नेमा टुंगो लागिसकेको छैन।‘रोजगारीको लागि विदेश गएको बेला दुर्घटनामा परेर मृत्यु भयो। अहिले शव ल्याउन गाह्रो परेको छ’, उनले भने, ‘हामी चाहन्छौँ दुई देशबीचमा समन्वय गरेर चाँडोभन्दा चाँडो शव ल्याउने विषयमा सरकारले ध्यान दिनुपर्‍याे।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑