वीरगंज | गृह मन्त्रालयले लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारलाई पुरस्कार दिने भएकाे छ। गृह मन्त्रालयले सूचना जारी गरी लागुऔषध दुरुपयाेग तथा अवैध ओसारपसारविरुद्धकाे अन्तर्राष्ट्रिय दिवसकाे अवसरमा पुरस्कार दिने जनाएकाे हाे। पुरस्कारका लागि पत्रकारहरूले आवेदनसहित व्यक्तिगत विवरण, समाचार र कार्यरत संस्थाकाे सिफारिस पेस गर्नु पर्नेछ। मन्त्रालयले लागुऔषधको क्षेत्रमा उत्कृष्ट समाचार लेख्ने तीनजना पत्रकारलाई पुरस्कृत गर्ने बताएकाे छ। जसका लागि इच्छुक पत्रकारले आवेदन दिन सक्नेछन्। मन्त्रालयका अनुसार असार १० गतेभित्रमा आवेदन दिनुपर्नेछ।