बारा – बाराको निजगढ नगरपालिका-९ निवासी गोविन्द खरेलको घरमा मंगलबार दिउँसो चोरी भएको छ। चोरहरुको समूहले खरेलेको घरको मूल ढोका तोडफोड गरेर दराज र सन्दुकमा राखिएको नगदसहित लाखौँ मूल्य बराबरको सुनकाे गहना चोरी गरेको हो। घरमा राखिएको करिब २५ तोला सुन र १ लाख रुपैयाँ चोरी भएको खरेलले जानकारी दिए। घरमा मान्छे नभएको मौका पारेर आएका चोरहरुले बिहान १० बजेदेखि दिउँसो ४ बजेको अवधिमा चोरी गरेको उनले बताए।
आफन्तको बिहेमा सरिक हुन आफू बिहान १० बजे घरबाट निस्किएको र साँझ ४ बजे फर्किँदा चोरी भएको पाइएको घरमुली खरेलले बताए। घरको मूल ढोकाको ताल्चा फोरर भित्र पसेका चोरहरुले सुनका गहना खोजेर लगेको उनले बताए। ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजीव ओलीले खरेलको घरमा मगंलबार दिउँसो चोरी भएको तर चोरी भएको सुन र नगदको बारेमा भने सबै जानकारी आउन बाँकी रहेको बताए ।