वीरगंज । मध्य मालीको तीनवटा गाउँमा १३२ जना सर्वसाधारणको मृत्यु भएको माली सरकारले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
माली अधिकारीहरूका अनुसार, डियालासागौ, डियानवेली, डेगुसागौ गाउँहरू र वरपरका ग्रामीण समुदायहरूमा जुन १८ देखि १९ जुनसम्म भएका बर्बर आक्रमणहरूमा यी सबै मारिएका हुन् । विज्ञप्तिमा भनिएको छ, नरसंहारका धेरै अपराधीहरूलाई औपचारिक रूपमा पहिचान गरिएको छ, जो अमाडो कौफाको कातिबा मासिनाका लडाकुहरूको हिस्सा हुन् । ‘सरकार यी हमलाहरूको घोर भर्त्सना गर्दछ र तिनीहरूका दोषी पत्ता लगाउन र तिनीहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक सबै उपायहरू प्रयोग गर्ने वाचा गर्दछ ।” सम्बन्धित अधिकारीहरूले जानकारी दिएका छन् ।
मालीले सन् २०१२ देखि सुरक्षा, राजनीतिक र आर्थिक संकटको सामना गरिरहेको छ । विद्रोह, जिहादी आक्रमण र अन्तर–सामुदायिक हिंसाले पश्चिम अफ्रिकी देशमा हजारौँको हत्या र लाखौँलाई विस्थापित गरेको छ ।