• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    थप विवरण

    होमपेज / Breaking News

    देशभरमै सबै भन्दा बढि मत बदर वीरगन्ज महानगरमा

  • वीरगंज संजाल
  • ७ असार २०७९, मंगलवार १५:२३
  • ५१३

    वीरगन्ज । बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा देशभरमै सबै भन्दा धेरै मत बदर वीरगन्ज महानगरपालिकामा भएको पाइएको छ । निर्वाचन आयोगले तयार गरेको मत बदरसम्बन्धी प्रारम्भिक विवरणमा बाजुरा जिल्लाको बुढीगंगा बाहेक निर्वाचन सम्पन्न भएका ७५२ पालिका मध्ये सबै भन्दा धेरै मत बदर वीरगन्ज महानगरपालिकाको प्रमुख र उपप्र्रमुख पदमा भएको हो ।

    वीरगन्ज महानगरको प्रमुख पदमा ९३ हजार ७ सय २८ मत खसेकोमा २१.५४ प्रतिशत अर्थात २० हजार १ सय ९१ मत बदर भएको छ ।यस्तै उपप्रमुखमा पनि ९३ हजार ७ सय २८ मत खसेकामा ४३ हजार ७ सय ३३ अर्थात् ४६.६५ प्रतिशत बदर भएको छ । वीरगन्जमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीले प्रमुख र कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएका थिए । एमाले र लोसपाबीच तालमेल थियो । प्रमुख पदमा ३० जना र उपप्रमुखमा १० जना उम्मेदवार थिए । प्रमुखमा जसपाका राजेशमान सिंह र उपप्रमुखमा कांग्रेसका इम्तियाज आलम विजयी भए ।

    पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले सर्वसाधारणमा मतदान गर्ने तरिका थाहा नभएको र दलको उम्मेदवार नभए पनि मतदाताले मत दिएका कारण बदर बढेको बताए । ‘जहाँ उम्मेदवार नै छैन तर त्यहाँ निर्वाचन चिह्न राखिएको छ । दलप्रति आस्था हुनेले उम्मेदवार नभए पनि पार्टीकै चिह्नमा लहरै भोट हालेका छन्,’ उनले भने, ‘उम्मेदवार नभएको ठाउँमा भोट हाल्दा बदर भएको हो । जिल्ला समन्वय समितिको मतपत्र जिल्लामा छापेका थियौं । उम्मेदवार नभएको चिह्न छापेनौं । यसकै कारण बदर भएन ।’

    निर्वाचन आयोग र राजनीतिक दलले मतदातालाई भोट हाल्नै नसिकाएकै कारण बदर भएको उनले बताए । ‘निर्वाचन आयोगले यसपालि मतदाता शिक्षाको कुनै कार्यक्रम नै राखेन, उम्मेदवारले पनि मत मागे तर कसरी हाल्ने भनेर सिकाएनन्,’ उनले भने । पर्सामा पनि गाउँमा भन्दा सहरमा बढी मत बदर भएको उनले बताए । ‘गाउँका उम्मेदवारले हरेक घरमा पुगेर सिकाएका कारण बदर हुने प्रतिशत कमी भएको हुन सक्छ,’ उनले भने ।

    गाँउ भन्दा शहरमा बढि मत बदर

    निर्वाचन आयोगका अनुसार देशभरमा गाँउ भन्दा शहरमा बढि मत बदर भएको पाइएको छ । सबै गाउँपालिकामा खसेको कुल मतको औसत १४.३१ प्रतिशत बदर भएको छ । गाउँपालिका, नगरपालिका र उपमहानगरभन्दा महानगरपालिकामा मत बदर बढी भएको पाइएको छ ।

    गाउँपालिकाका सातै पदमा २ करोड ९४ लाख ८८ हजार ९ सय ८८ मत खसेकामा ४२ लाख २० हजार ९४ मत बदर भएको हो ।महानगरपालिकामा गाउँपालिकाको भन्दा झन्डै दोब्बर मत बदर भएको छ । काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, वीरगन्ज र विराटनगर महानगरपालिकाका सातै पदमा खसेको मतको औसत २४.१२ प्रतिशत बदर भएको आयोगले जनाएको छ । महानगरका सातै पदमा ४३ लाख ३० हजार ३ सय ५८ मत खसेकामा १० लाख ४४ हजार ६ सय अर्थात् २४ प्रतिशत खेर गएको हो । नगरपालिकामा सातै पदमा ३ करोड ६८ लाख ४२ हजार ६ सय ११ मत खसेकामा ५५ लाख ४८ हजार २९ अर्थात् १५.०५ प्रतिशत खेर गएको छ । उपमहानगरपालिकामा पनि सातै पदमा खसेको ४२ लाख ७९ हजार ६६ मतमध्ये ८ लाख ६२ हजार २ सय ८२ अर्थात् २०.१५ प्रतिशत बदर भएको छ ।

    ७ सय ५२ पालिकामा भएको निर्वाचनमा १३ हजार ४ सय ८४ सदस्यमा छनोट गर्न भएको निर्वाचनमा १ करोड २५ लाख ७१ हजार ६८ जनाले मतदान गरेकामा ३८ लाख ३७ हजार ५ सय ५४ अर्थात् ३०.५२ प्रतिशत मत बदर भएको छ । १ सय ६१ पालिकाको सदस्यको मत ३० प्रतिशतभन्दा बढी बदर भएको छ । सात पदमध्ये सदस्यमा सबैभन्दा बढी बदर देखिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए । आयोगको प्रारम्भिक तथ्यांकअनुसार प्रमुखमा खसेको मतको ११.३३ प्रतिशत, अध्यक्षमा ९.६९ प्रतिशत, उपप्रमुखमा १८.२२ प्रतिशत, उपाध्यक्षमा १४.०७ मत बदर भएको छ । वडाध्यक्षमा ८.२५ प्रतिशत, महिला सदस्यमा १२.८० प्रतिशत, दलित महिलामा १४.६४ र सदस्यमा सबैभन्दा ३०.५२ प्रतिशत बदर भएको छ । पूर्ण बदर भने ३ लाख १ हजार ५ सय ९९ अर्थात् २.४ प्रतिशत भएको प्रारम्भिक विवरण आएको प्रवक्ता पौडेलले बताए ।

    मतदाता शिक्षा नभएको र मतपत्रको लहर लामो भएकै कारण बदर बढी भएको हुन सक्ने आयोगले आकलन गरेको छ । स्थानीय तह निर्वाचनमा एउटा मतपत्रबाट ७ जना छनोट गर्नुपर्ने थियो । मतपत्रमा उल्लेख भएको छैटौं मतपत्रबाट दुई जना वडा सदस्य छनोट गर्नुपर्ने थियो । यही मतपत्रमा सबैभन्दा बढी बदर देखिएको हो ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए
  • वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु
  • वीरगन्ज महानगरपालिकाका उपमेयरको स्वकीय सचिवमा शेष हजार र प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त
  • वीरगंजका मेयरले गलत काम गरेमा कान समातेर सहि बाटोमा ल्याउने जिम्मा वीरगन्जवासीको रहेको बताए
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए

    वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु

    वीरगन्ज महानगरपालिकाका उपमेयरको स्वकीय सचिवमा शेष हजार र प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त

    वीरगंजका मेयरले गलत काम गरेमा कान समातेर सहि बाटोमा ल्याउने जिम्मा वीरगन्जवासीको रहेको बताए

    वीरगंजमा विद्यार्थीसँग मनोमानी शुल्क असुलेको भन्दै महानगरका अभिभावकहरुले विरोध जनाए

    छिमेकी मुलुक भारतको दार्जीलिङसँग सीमा जोडिएका नेपालका नाका सिल

    सरकारद्वारा पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घटाउने निर्णय

    निर्वाचन आयोगले तोक्यो प्रतिनिधिसभा निर्वाचन हुने मिति

    पेट्रोलियम पदार्थको मुल्य घटाउन सरकारलाई सत्ता गठबन्धनको निर्देशन

    भारतीय प्रधानमन्त्री मोदीविरुद्ध दायर याचिका खारेज

    पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए

    वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु

    वीरगन्ज महानगरपालिकाका उपमेयरको स्वकीय सचिवमा शेष हजार र प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त

    वीरगंजका मेयरले गलत काम गरेमा कान समातेर सहि बाटोमा ल्याउने जिम्मा वीरगन्जवासीको रहेको बताए

    वीरगंजमा विद्यार्थीसँग मनोमानी शुल्क असुलेको भन्दै महानगरका अभिभावकहरुले विरोध जनाए

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए

    News

    वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु

    News

    वीरगन्ज महानगरपालिकाका उपमेयरको स्वकीय सचिवमा शेष हजार र प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त

    News

    वीरगंजका मेयरले गलत काम गरेमा कान समातेर सहि बाटोमा ल्याउने जिम्मा वीरगन्जवासीको रहेको बताए

    News

    वीरगंजमा विद्यार्थीसँग मनोमानी शुल्क असुलेको भन्दै महानगरका अभिभावकहरुले विरोध जनाए


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑