• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिर्सिया नदिलाइ प्रदुषित बनाउने उद्योगहरुलाइ कार्वाहीको माग

  • वीरगंज संजाल
  • ७ असार २०७९, मंगलवार १५:१६
  • २२३७

    वीरगन्ज । वीरगन्जको लाइफलाइनका रुपमा रहेको एक मात्र नदि सिर्सिया नदिलाइ प्रदुषित बनाउने उद्योगहरुलाइ कार्वाहीको माग गरिएको छ । सिर्सिया नदी एंव वीरगन्ज प्रदूषणमुक्त अभियान वीरगन्जले सिर्सिया नदी प्रदूषणका लागि जिम्मेवार उद्योगहरूलाई कारबाहीको माग गरेको हो ।सोमबार पर्साका प्रमुख जिल्ला अधिकारी , वीरगन्ज महानगरपालिकाका मेयर र वीरगन्ज उद्योग वाणिज्य संघलाइ छुटटा छुटटै ध्यानाकर्षण पत्र बुुझाउदै अभियानमा आबद्ध अभियन्ताहरुले सिर्सिया नदि प्रदुषित बनाउने उद्येगहरुलाइ कार्वाहीको माग गरेका हुन् ।

    यस्तै वीरगन्ज महानगरका विभिन्न स्थानबाट बग्ने ढलको फोहोर पानी, सिधै सिर्सिया नदिमा बगाउने काम भइरहेकाले त्यसलाइ रोकेर्र ‘वाटर ट्रिटमेन्ट’ गरेपछि मत्रौ नदीमा खसाउन पनि अभियानले माग गरेको छ । सोमबार अभियानमा आबद्ध अभियन्ताहरुले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र वीरगन्ज उद्योग वाणिज्य संघका सचिव आशीषकुमार लाठ लाई सोमबार छुट्टा छुट्टै ध्यानाकर्षण पत्र बुझाएका हुन् । अभियानका संयोजक सुरेन्द्र कुर्मी सहितको टोलीले ध्यानाकर्षण पत्र बुझाउदैै तत्काल यस बारे कदम चाल्न दबाब पनि दिएको छ ।

    नेसनल लेदर इन्डस्ट्रिज प्रालि, बायोटेक इन्डस्ट्रिज प्रालि, नेपाल लेदर इन्डस्ट्रिज प्रालि, सुशील वनस्पति प्रालि, अर्निका प्रोसिस, मोरियम लेदर, त्रिशक्ति सिमेन्ट, विश्वकर्मा सिमेन्ट, कलश सिमेन्ट लगायत करिब चार दर्जन उद्योगहरुले आफ्ना उद्योगबाट निस्केको बोसो, रौं, रसायन, पशु शरीरको ठोस अवशेष , कालो छाइ , रसायनयुक्त पानी सिधै सिर्सिया नदीमा खसालि रहेकाले ती उद्योगहरुलाइ कार्वाहीको माग गरि तीन वटै निकायलाइ ध्यानाकर्षण पत्र बुझाइएको अभियानका संयोजक सुरेन्द्र कुर्मीले बताए ।यसका साथै वीरगन्ज महानगरपालिकाले पनि ढल र नालाको दुषित र फोहोर पानी सिधै नदीमै मिसाउदै आएकाले त्यो पनि तत्काल रोक्न माग गरिएको उनले बताए ।

    ध्यानाकर्षण पत्रमा नेपालको संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाच्न पाउने हक र अनुसूची ८ मा रहेको आधारभूत स्वास्थ्य सरसफाइ वातावरण संरक्षण र जैविक विविधता स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेको उल्लेख गर्दै वीरगन्ज महानगरपालिकाको बीच भएर बग्ने सिर्सिया नदी बाराको रामवनबाट निर्मल जलसहित सुरु भई वीरगन्ज महानगरपालिका– १ छपकैंयासम्म पुग्दा विषमा परिणत हुने गरेको उल्लेख छ ।

    यस्तै सिर्सिया नदीको पानी प्रदूषणबाट नदीका सम्पूर्ण जलचरहरू मरिसकेको , माछा, भ्यागुता देखि सर्पसमेत अब नदीमा देखा नपर्ने गरेकाले नदी प्रदूषणको कारण जैविक विविधता समाप्त भइरहेको र नदीसँगै जोडिएका गाउँमा नदीकै पानीबाट तरकारी खेती हुँदा तरकारी पनि विषादीयुक्त हुन्छ; प्रदूषित नदीले गर्दा छाला, मुटु, क्यान्सर, दमा रोगीहरूको संख्या बढ्दै गएको कुरा पनि ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

    ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले सिर्सिया नदी प्रदूषणमुक्त बनाउन वीरगन्ज महानगर र जीतपुर सिमरा उपमहानगरपालिकाको सरोकारवालाहरूको संयुक्त बैठक राखेर त्यसपछि के–कसरी अघि बढ्ने तथा काम कारबाही अघि बढाउन आफू तयार रहेको बताए । वीरगन्ज महानगरपालिकाका मेयर सिंह र वीरगन्ज उद्योग वाणिज्य संघका सचिव लाठले पनि सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सक्दो सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जाहेर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑