• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतमा वर्षाको कारण कैयौँको मृत्यु

  • वीरगंज संजाल
  • ७ असार २०७९, मंगलवार १४:३१
  • १८२१

    वीरगञ्ज । ‘जताततै पानी थियो, तर पिउनलाई एक थोपा पनि थिएन’ शनिवार आफ्नो घर बाहिरको दृश्य वर्णन गर्दै रोञ्जु चौधरीले भनिन् । उनी हाल बाढीले ग्रस्त भएको पूर्वोत्तर भारतीय राज्य आसामको दुर्गम गाउँ उडियानाकी बासिन्दा हुन् । उनले स्मरण गरे अनुसार त्यहाँ लगातार पानी परिरहेको थियो । तीव्र गतिको वर्षाका कारण केही घण्टामै सडक पूर्ण रूपमा डुबे । घरमा पानी पसेपछि परिवारले अन्धकारमा आफूलाई जोगाउन खोजेको उनी बताउँछिन् । दुई दिन बितिसक्दा पनि उक्त परिवार अलपत्र छ ।

    टापुजस्तो बने घर

    उनीहरूको घर अहिले पानीको समुद्रमा एकान्तको टापुजस्तो देखिन्छ ।

    ‘हामी चारैतिरबाट बाढीको पानीले घेरिएका छौँ। पिउने पानी पाउन मुस्किल छ । खानेकुराको पनि अभाव छ। अहिले पानीको सतह झन् बढ्दै गएको सुन्छु’ चौधरी भन्छिन् ।

    अब हामीलाई के हुने हो?

    बाढी

    अस्वाभाविक वर्षा र बाढीले आसममा विनाशका रेखाहरू छाडेको छ गाउँहरू डुबानमा परेको छन्, बाली नष्ट भएको छ र घरहरू भत्किएका छन् ।

    अधिकारीहरूका अनुसार उक्त राज्यका ३५ जिल्लामध्ये ३३ वटा बाढीले प्रभावित भएको र कम्तीमा ३४ जनाको ज्यान गएको बताएका छन् ।

    उनीहरूका अनुसार त्यहाँ ४२ लाखभन्दा बढी विस्थापित भएका छन् । भारी वर्षाको असर छिमेकी राज्य मेघालयमा पनि परेको छ ।

    त्यहाँ गत साता १८ जनाको मृत्यु भएको थियो ।

    उद्धार शिविर

    आसाममा सरकारले विस्थापितका लागि १,१४७ वटा राहत शिविर खोलेको छ । तर अधिकारीहरूले तीव्र वर्षा र बाढीका कारण उद्धार तथा राहतको काम जटिल बनेको बताएका छन् ।

    उद्धार गरेर राखिनेहरूका लागि बनाइएका शिविरको अवस्था पनि दयनीय छ ।

    उडियानाकी हुस्ना बेगमले भनिन्, ‘शिविरमा पिउने पानी छैन । मेरो छोरालाई ज्वरो आएको छ, तर म डाक्टरकहाँ लान असमर्थ छु ।’

    गत बुधवार उनको घरमा पानी पसेपछि २८ वर्षीया हुस्ना सहायताको खोजीमा बाढीको पानीमा पौडिएर बाहिर निस्किएकी हुन् ।

    बाढी

    उनी अहिले आफ्ना दुई छोराछोरीसहित पालमुनि बसिरहेकी छिन् ।

    ‘मैले मेरो जीवनमा यति ठूलो बाढी कहिल्यै देखेको थिइनँ’ उनी भन्छिन् ।

    बाढीले नियमित रूपमा ब्रह्मपुत्र नदीको उर्वर किनारमा बसोबास गर्ने लाखौँको जीवन र जीविकोपार्जनलाई विनाश गरिदिन्छ ।

    उक्त नदी क्षेत्रलाई प्रायः आसमको जीवन रेखा भन्ने गरिन्छ । तर विज्ञहरू जलवायु परिवर्तन, अनियन्त्रित निर्माणकार्य र तीव्र औद्योगिकीकरण जस्ता कारणले चरम मौसमी घटना हुने क्रम बढाएको बताउँछन् ।

    यो वर्ष आसाममा यस्तो भीषण बाढी आएको यो दोस्रो पटक हो । गत मे महिनामा आएको बाढीले त्यहाँ कम्तीमा ३९ जनाको ज्यान लिएको थियो ।

    ठूलो वर्षा

    उक्त राज्यमा यो महिना औसतभन्दा १०९ प्रतिशत बढी वर्षा भएको मौसम विभागले जनाएको छ ।

    त्यहाँ ब्रह्मपुत्र नदी धेरै ठाउँमा खतराको तहभन्दा माथि बगिरहेको छ । स्थानीयवासी र अधिकारीहरूले बीबीसीले पछिल्लो बाढीलाई एकदमै खतरनाकमध्ये एक भएको बताएका छन् ।

    उनीहरूका भनाइमा बाढीले उक्त राज्यको सामाजिक र आर्थिक बनावटलाई नै परिवर्तन गरिदिएको छ ।

    रङ्गिया सहरका सब-डिभिजनल अधिकृत जाविर राहुल सुरेश भन्छन्, ‘यस पटक अवस्था विशेष रूपमा डरलाग्दो छ । हामीले उद्धार कार्यमा मद्दत गर्न न्याशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) बाहेक सेनालाई पनि तैनाथ गरेका छौँ ।’

    बाढी

    ‘यसबेला हाम्रो प्राथमिकता जीवन बचाउनु हो।’ पूरै बस्तीहरू पानीले डुबेको छन् र ठूलो नदीजस्ता देखिन्छन् ।

    आसामको मुख्य आर्थिक केन्द्र गुवाहाटीका नजिकका क्षेत्रहरू पनि भग्नावशेषमा परिणत भएका छन् ।

    धान फल्ने रमणीय खेतहरू माटो र भग्नावशेषहरूबाट निस्किएका सामानहरूले पुरिएका छन् । उडियानामा कुनै विद्यालय, अस्पताल, मन्दिर वा मस्जिदहरू देखिदैँनन् त्यहाँ केवल पानी मात्र देखिन्छ ।

    मानिसहरू केराको पात र बाँसको डण्डीबाट बनेको डुङ्गाबाट यात्रा गरिरहेका छन्। कतिपय बाढीको पानीमा निराश भएर पौडी खेल्छन् ।

    उद्धारकर्ताहरू देख्दा उनीहरूको मुहार उज्ज्यालो हुन्छ ।

    घरमै फसेका पीडित

    विशेषगरी कामरूप जिल्लाको क्षति विनाशकारी रहेको छ र त्यहाँ सयौँ मानिसहरू अझै पनि घरमा फसेका छन् ।

    चौसठ्ठी वर्षीय सिराज अलीका अनुसार पानीले आफ्नो गाउँका सबै कुरा ध्वस्त पारेको थियो र उनलाई आफ्नो ज्यानको डर छ ।

    तर पनि उनी आफ्नो सामान र “जीवन रक्षा”का लागि आंशिक रूपमा पानीमा डुबेको घरमा बस्न बाध्य छन् ।

    बाढी

    उनले आफ्ना छोराछोरीलाई सडक छेउको आश्रय शिविरमा पठाएका छन् । आफू चाहिँ मद्दतको पर्खाइमा छन् तर अहिलेसम्म कोही आएका छैनन् ।

    उनले गहभरि आँसु पार्दै भने, ‘पानीले घेरिएको छु तर पिउनलाई पानी छैन, खानेकुरा छैन, म तीन दिनदेखि भोकै छु, के गर्ने र कहाँ जाने?’

    अधिकारीहरूले पनि आफूहरूले हरेक पीडितलाई पर्याप्त मात्रामा पिउने पानी र खानेकुरा उपलब्ध गराउन नसकेको स्वीकार्छन् ।

    ‘अहिले पनि पूर्ण रूपमा सम्पर्क विच्छेद भएका कतिपय इलाकामा पुग्न हामीले कठिनाइको सामना गरिरहेका छौँ। त्यहाँसम्म पुग्नका लागि हाम्रा सडकहरू डुबेका छन्’ सुरेश भन्छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑