वीरगंज । युवा इञ्जिनियर आकर्षण पाेखरेलले काठमाडाैँ क्षेत्र नम्बर- ४ मा उम्मेदवारी दिने भएका छन्। उनले ‘परिवर्तन अपरिहार्य छ, पर्खिनु विकल्प छैन’ भन्ने नारासहित प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्। गत वैशाख ३१ मा सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनमा स्वतन्त्र उम्मेदवारले पाएकाे सफलतासँगै काठमाडाैँमा स्वतन्त्र उम्मेदवारी घाेषणा गर्नेहरूकाे संख्या बढिरहेकाे छ।
यसै क्रममा इञ्जिनियर पाेखरेलले पनि उम्मेदवारी घाेषणा गरेका हुन्। उनले घाेषणा गरेकाे क्षेत्र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाकाे पनि क्षेत्र हाे। अघिल्लाे निर्वाचनमा उनी साेही ठाउँबाट निर्वाचित भएका थिए। कपनको साततलेस्थित खहरेमा आयोजित कार्यक्रममा पोखरेलले देशका लागि दश विकल्प, अब निर्विकल्प भन्ने साेचका यस क्षेत्र तथा समग्र देशकाे राजनीति र विकासकाे परिभाषा बदल्न घाेषणापत्र सार्वजनिक गर्ने बताएका छन्।
उनकाे घाेषणालाई कलाकार आर्यन सिग्देलले पनि समर्थन गरेका छन्।