वीरगंज । वीरगंजमा सडकमा छाडा कुकुरहरुबाट सास्ती हुने गरेको सर्वसाधारणहरुले गुनासो गरेका छन् । सडकमा हिड्दा कुकुरले लखेट्ने ,टोक्ने गरेका कारण सर्वसाधारणहरुलाई हिडडुलमा समस्या हुने गरेको छ । सडकमा वेवारिसे छाडिएका कुकुरको टोकाइमा समेत पर्ने गरेका छन् ।
सडकमा मोटरसाईकल, साईकल ,स्कुटी लगायतका सवारीमा हिड्दा झम्टिन आउँने, खासगरी विहान र रातको समयमा हिड्दा समस्या हुने भएकाले समस्या समाधान गर्नु पहल गर्नुपर्ने उनिहरुको आग्रह छ ।
खासगरी बालबालिका देख्नासाथ त्यस्ता कुकुरले झम्टने हुँदा समस्या बढेको पीडितहरुको गुनासो छ ।
वीरगंज माहानगरपालिकाले भने सडकमा बेवारिसे अवस्थामा रहेका चौपाया तथा कुकुर नियन्त्रणका लागि प्रयास गरीरहेको जनाएको छ ।