• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लागूऔषध तस्करीमा किशोरको प्रयोग बढ्दो

  • वीरगंज संजाल
  • ७ असार २०७९, मंगलवार ११:२०
  • २२०९

    वीरगंज । लागू औषध तस्करीमा बालक र युवाको संलग्नता डर लाग्दो देखिएको छ । चालु आर्थिक वर्षमा पर्सामा लागूऔषध तस्करी÷ढुवानीमा संलग्न भई पक्राउ परेकामध्ये १६ देखि ३५ उमेर समूहका बढी छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको हालसम्मको अवधिमा लागूऔषध ढुवानी गरिरहेको अवस्थामा पक्राउ परेका २ सय १७ जनामध्ये १६ वर्षमुनिका ४ जना छन् । त्यसैगरी, १६ देखि २५ वर्ष उमेर समूहका १ सय १४ जना छन् । २६ देखि ३५ वर्ष उमेर समूहका ५५ जना छन् । ३६ देखि ४५ वर्ष उमेर समूहका २६ जना, ४६ देखि ६० वर्ष उमेर समूहका १६ जना र ६० वर्षमाथिका २ जना छन् ।

    गत आर्थिक वर्षमा यो अपराधमा संलग्न कुल १ सय ८१ जना पक्राउ परेकामा १६ वर्ष मुनिका २ जना थिए । १६ देखि २५ वर्ष उमेर समूहका ८८ जना थिए । २६ देखि ३५ वर्ष उमेर समूहका ५६ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका २३ जना, ४६ देखि ६० वर्ष उमेर समूहका ११ जना र ६० वर्षमाथिका ३ जना थिए । चालु आवमा प्रहरीले दर्ता गराएको विभिन्न अपराधका गरी कुल १ हजार २७ मुद्दामध्ये १५ दशमलव ७७ प्रतिशत अर्थात् १ सय ६२ मुद्दा लागूऔषधकै छन् । गत आवमा कुल १ हजार १ सय ७३ मुद्दामध्ये ११ दशमलव ४२ प्रतिशत अर्थात् १ सय ३४ मुद्दा लागू औषधकै थिए । चालु आवको हालसम्ममा पर्साका विभिन्न स्थानबाट प्रहरीले ६ सय ४१ किलो गाँजा, २३ किलो चरेस, ४६ ग्राम हेरोइन, ९ दशमलव ५८० किलो अफिम, ४ हजार ७ सय १२ गोटा फेनारगन, ३ हजार ५ सय ६० गोटा डाइजिल्याब, ३ हजार ५ सय ७८ गोटा नुर्फिन, १२ हजार २ सय ९५ गोटा नाइट्राभ्याट र १ हजार ८३ बोतल कोरेक्स बरामद गरेको छ ।

    गत आर्थिक वर्षभरिमा प्रहरीले ७ सय ८६ किलो गाँजा, १ सय ५३ किलो चरेस, ६९ ग्राम हेरोइन, ८ किलो अफिम, ६ हजार ४ सय ४४ गोटा फेनारगन, ७ हजार २ सय ५३ गोटा डाइजिल्याब, ७ हजार २ सय ३२ गोटा नुर्फिन, ८ हजार ८ सय ४१ गोटा नाइट्राभ्याट र २ हजार ४९ बोतल कोरेक्स बरामद गरेको थियो । लागूऔषध ढुवानी तथा तस्करीका लागि वीरगन्ज तथा यसको छेउछाउको ग्रामीण भेगका नाका मुलुककै मुख्य मानिन्छ । मुलुकको सर्वाधिक आयात–निर्यात हुने नाका लागू औषध ढुवानीको परम्परागत ट्रान्जिटका रूपमा बदनाम छ ।

    भारतमा प्रतिबन्धित नभएका तर नेपालमा प्रतिबन्धित नुरफिन, फेनारगन, डाइजेपामजस्ता औषधि बोकेर आउने प्रायःजसो वीरगन्ज तथा छेउछाउका नाकाबाट पक्राउ परिरहेका छन् । सुरक्षाकर्मीको आँखा छलेर लागूऔषध ढुवानी गर्नेको संख्या पक्राउ परेका भन्दा बढी छ । प्रतिबन्धित यी औषधि नेपालमा नियन्त्रित लागूऔषध भनिन्छ । यस्ता औषधिको ढुवानीकर्ताहरू प्रायः केही अवधिको जेल सजाय काट्छन् तैपनि निरुत्साहित हुँदैनन् । कारोबारीहरूले यो नाकाबाट भित्र्याउने लागूऔषध विभिन्न जिल्ला हुँदै काठमाडौंसम्म पनि पु¥याउँछन् ।
    भारतसँगको खुला सीमाको कारण दैनिक वीरगन्जबाट पैदल रक्सौल पुगेर लागूऔषध सेवन गरेर फर्किने दुर्व्यसनी धेरै छन् । यसरी भारतमै लागूऔषध सेवन गरेर फर्कनेहरूले पनि थोरबहुत लागूऔषध बोकेर ल्याउँछन् । कतिपयले यसरी ल्याउने लागूऔषध बिक्री समेत गर्छन् ।
    पक्राउ पर्ने अधिकांशमा पर्साभन्दा बाहिरी जिल्लाका छन् । नेपालमा नियन्त्रित लागूऔषध भनिने औषधि सीमावर्ती भारतीय सहर रक्सौलका औषधि पसलमा खुलेआम बिक्री हुन्छन् । लागूऔषध ढुवानी गर्नेमा पुरुष मात्र नभई महिला पनि छन् । वीरगन्ज कारागारका झन्डै आधा कैदीबन्दी लागूऔषध मुद्दामा सजाय पाएका वा पुर्पक्षमा रहेका मात्र छन् । सामाजिक अभियन्ता प्रकाश थारू बालक र युवाको लागूऔषध सेवन तथा तस्करीमा बढ्दो संलग्नता चिन्ताको बिषय भएको बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ
  • सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर
  • एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न
  • नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    एउटै पान नम्बरबाट दुईभन्दा बढी व्यवसाय सञ्चालन नगर्न अनुगमन समितिको निर्देशन

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

    भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु

    नेपालका हिमताल विस्फोटन रोक्न ७ अर्बको परियोजना स्वीकृत

    जलवायु संकटले मानिसको जनजीवनमा गम्भीर खतरा : राष्ट्र संघ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    News

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    News

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    News

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    News

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑