वीरगंज । महोत्तरी प्रहरीले अवैध सुनको बिस्कुट सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी एकडारा गाउँपालिका वडा नम्बर ५ निवासी ३५ वर्षीय शुशिल साह रहेका छन् । प्रहरीले साहको साथबाट झन्डै १० लाख रुपैयाँ बराबरको अवैध सुनको बिस्कुट बरामद गरिएको जनाएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी, ईलाका प्रहरी कार्यालय गौशाला तथा अस्थाई प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरी टोलिले साहलाई औरही नगरपालिका वडा नम्बर ४ कठुधारस्थित सम्सी माईस्थान सडक खण्डबाट सम्सीबाट गौशाला तर्फ पैदल आईरहेको जिल्ला अवस्थामा रोकेर चेकजाँच गर्दा उनको साथबाट सुनको बिस्कुट बरामद भएको महोत्तरी प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
प्रहरीका अनुसार साहले लगाएको जिन्स पाइन्टको अगाडी दाहिने तर्फको खल्तिमा लुकाई छिपाई राखेको अवस्थामा सुन बरामद गरिएको थियो । बरामद गरिएको सुनको बजार मूल्य ९ लाख ७९ हजार ८ सय २४ रुपैयाँ मूल्यांकन गरेर आवश्यक कारवाहीका साहसहित राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।