वीरगंज । सरकारले खाना पकाउने ग्यासमा दुई थरी मूल्य निर्धारण गर्ने तयारी गरेको छ। यस्तो व्यवस्था चाँडै गर्ने तयारी सरकारको तयारी छ।
नेपाल आयल निगमले औद्योगिक प्रयोजनका लागि परल मूल्यमा र घरायसी प्रयोजनका लागि केही सहुलियतमा ग्यास बिक्री गर्ने तयारी गरिरहेको जनाएको छ।
नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले यसका लागि ग्यासको गन्ध र सिलिन्डरको रंग फेर्ने तयारी भएको बताए। ‘गन्ध, रङ्ग र साइजका आधारमा चाँडै ग्यासको दोहोरो मूल्यमा जान्छौँ,’ उनले भने।