वीरगंज । रुस चीनको सबैभन्दा ठूलो आपूर्तिकर्ता बनेको छ। यूक्रेनमा हमला गरेको भन्दै विभिन्न देशले रुसलाई प्रतिबन्ध लगाएपछि रुसले बेइजिङमा सहुलियतमा तेल बेच्न थालेको थियो। गत वर्षको भन्दा यस वर्ष चीनमा ५५ प्रतिशत धेरै तेल रुसबाट ल्याइएको तथ्यांक बनेको छ। यसले चीनलाई सबैभन्दा तेल वितरण गर्ने साउदी अरेबियालाई रुसले विस्थापन गरेको छ।
चीनले पनि कोभिड १९ को प्रतिबन्ध र कमजोर आर्थिक अर्थव्यवस्थाको बाबजुद पनि रुसी तेलको धेरै भन्दा धेरै माग गरेको छ। फेब्रुअरीमा चीन र रुसले यी दुई देशबिचको ‘मित्रताको कुनै सिमाना छैन’ भनेर घोषणा गरेका थिए।
त्यसपछि चीनका २ ठूला कम्पनीहरुले पछिल्ला केही महिनामा रुसले गरेको छुट सहितको तेल खरिद प्रस्ताव स्विकार गरी रुससँग धेरै तेल खरिद गरिरहेका छन्। यता रुससँग इन्धन किन्ने यूरोपियन देशहरु यूक्रेनमाथि आक्रमण गरेको भन्दै रुसमाथि प्रतिबन्ध लगाइरहेका छन्। गएको मार्च महिनामा अमेरिकाले बेलायतलाई रुसी तेल खरिदमा प्रतिबन्ध लगाउनको लागि आग्रह गरेको थियो। यूरोपियन यूनियन हाल रुसी ग्यासमा भएको निर्भरता समाप्त गर्ने प्रक्रियामा लागिरहेको छ।