आधुनिक समाजमा पती–पत्नीबीच विभिन्नखाले समस्याहरु देखा पर्छन् । दुबै व्यस्त हुने भएकाले उनीहरुको सम्बन्ध नै फितलो पनि हुन पुग्छ । अहिलेका दम्पतीका मूख्य समस्या के छन् र त्यसलाईै कसरी हल गर्ने त ?
१. कम्युनिकेशन ग्याप
आपसमा कुराकानी, छलफलबाटै दाम्पत्य जीवन अघि बढ्ने हो । एकअर्काको भावना बुझ्न पनि दुबैबीच संवाद हुन आवश्यक छ । यद्यपी कहिले कहिं दम्पतीबीच संवाद टुट्न पुग्छ । अर्थात् नियमित कुराकानी हुन पाउँदैन । यसले उनीहरुमा द्विविधा एवं भ्रम पैदा गर्न सक्छ ।
के पनि हुन्छ भने, पति वा पत्नी व्यस्त हुन्छन् । उनीहरुलाई कुरा सुन्ने फुर्सद पनि हुँदैन । त्यसैले पार्टनरको कुरालाई वेवास्ता गरिदिन्छन् । कतिपय गंभिर कुरालाई पनि मनन नगरेपछि त्यसले कलह निम्त्याउँछ । त्यसैले दम्पतीबीच संवाद आवश्यक छ ।
कम्युनिकेसनको अर्थ बोल्नु मात्र होइन । एकअर्काको भावना बुझ्नु पनि हो । मानौ करियरको चक्करमा तपाईले परिवारको लागि समय निकाल्न सक्नुभएन, तर परिवार पनि तपाईको निम्ति उत्तिकै महत्वपूर्ण हुन्छ । परिवारबिना कसरी घरगृहस्थी चल्छ ?
समाधान
– एकअर्काको समस्या, पीडा आदि बुझ्नका लागि पनि दम्पतीबीच कुराकानी हुनैपर्छ । कुनै समस्या आउनुअघि नै त्यसबारे खुलेर छलफल गर्नुपर्छ ।
– कतिपय कुराहरु खुलस्त नभन्दा वा लुकाउदा पनि समस्या आउँछ । कुनैपनि कुरा पार्टनरसँग खुलेर सेयर गर्नुपर्छ ।
– यस्ता कुनै समस्या छैनन्, जसको समाधान छैन । त्यसैले दम्पतीबीच आउने समस्यालाई पनि छलफल, कुराकानीको माध्यामबाट समाधान निकाल्नु राम्रो हो ।
नो टाइम फर सेक्स
बैवाहिक जीवनलाई सफल बनाउन सेक्सुअल रिलेसन महत्वपूर्ण हुन्छ । तर, अहिलेको व्यस्त र प्रतिस्पर्धात्मक जमानामा यस किसिमको सम्बन्ध फितलो बन्दै गएको छ । पती पत्नी कामकाजी भएको अवस्थामा त यो समस्या झन् बढ्ने संभावना रहन्छ । यसले उनीहरुको बैवाहिक जीवनलाई धरापमा पार्न सक्छ ।
समधान
– चाहे जतिसुकै व्यस्त किन नहोस्, सेक्सुअल रिलेसनमा त्यसको असर पर्न दिन हुँदैन ।
– मानसिक तनाव, चिन्ता, शारीरिक थकानले पनि यौन जीवन प्रभावित हुन्छ, सयन कक्षमा जानुअघि ति सबै कुरालाई त्याग्ने अभ्यास गरौ ।
– यौन केवल रमाइलोका लागि मात्र होइन, यो स्वास्थ्यका लागि पनि अपरिहार्य हुन्छ । भनिन्छ, हप्तामा तीन पटक दम्पतीबीच शारीरिक सम्बन्ध हुनुपर्छ ।
३. आर्थिक समस्या
अक्सर पैसा खर्च गर्ने सम्बन्धमा पार्टनरको मत मिल्दैन । कोहि खर्चालु हुन्छन्, कोहि बचत गर्न मन पराउने । आर्थिक कारणले धेरैजसो परिवारमा कलह ल्याउँछ । व्यक्तिगत खर्चलाई प्राथमिकता दिएर घरायसी खर्चलाई महत्व नदिने बानीले पनि यस्तो समस्या ल्याउँछ ।
समाधान