स्वस्थ र फिट रहन खानपानका साथै दैनिक व्यायामको पनि उत्तिकै आवश्यकता हुन्छ । अहिले स्वास्थ्यका लागि भन्दै बिहान मर्निङ वाक जाने प्रचलन बढ्दै गएको छ । गाउँमा उकाली ओराली गरिरहनुपर्ने भएकाले मर्निङवाक आवश्यक नभए पनि सहरमा बिहान हिंड्डुल गर्ने चलन बढेको छ ।
शारीरिक व्यायामले मान्छेलाई बाहिरी रुपमा मात्रै स्वस्थ बनाउँदैन फुर्तिलो समेत बनाउँछ । स्वस्थ रहनका लागि दौडिनु आवश्यक छ ।सहरका हरेक स्थानमा व्यायामशाला भए पनि सबैले रुचाउँदैनन् । व्यायामशाला नरुचाउने वा जान नसक्नेहरुका लागि दौडिनु उत्तम विकल्प हो । दैनिक ३० मिनेट हिंड्दा वा दौडिंदा हामी स्वस्थ रहन सक्छौं । दौडले शारीरिक अवस्थालाई मात्रै नभई मानसिक अवस्थालाई समेत स्वस्थ राख्छ ।
अहिले स्वस्थ रहनुका साथै तौल घटाउन पनि बिहान मर्निङ वाकमा निस्किने वा दौडिने परम्परा छ । दौडले मुटु र फोक्सोलाई मात्रै नभई शरीरका अन्य मांसपेशीलाई समेत बलियो बनाउने काम गर्छ ।स्वास्थ्यका लागि धेरैले दौडिन चाहन्छन् । तर उनीहरुले दौडिंदा अपनाउनुपर्ने सावधानी नअपनाउँदा समस्या हुने गर्छ । जसका कारण शरीरका साथै मांसपेशी दुख्ने, खुट्टा दुख्ने, हड्डी तथा जोर्नीहरु दुख्ने र मांसपेशी फ्याक्चर हुने सम्भावना रहन्छ । यस्ता समस्याबाट बच्न यसरी दौडिन सकिन्छ ।
वार्मअप गर्ने
बिहान वा बेलुका दौडिने बानी छ भने वार्मअप गरेर मात्रै दौडिनुपर्छ । सिधै दौडिंदा मांसपेशीमा समस्या आउन सक्छ । वार्मअप विना दौडिंदा खुट्टा दुख्न सक्छन् भने मांसपेशीमा ऐठन हुन सक्छ । शरीर दौडिन तयार भएपछि मात्रै दौडिनु उपयुक्त हुन्छ । दौडिनका लागि वार्मअपका साथै आफू पनि मानसिक रुपमा तयार हुनुपर्छ ।
केही मात्रामा कार्ब्स खाने