वीरगंज । जिल्लाका दक्षिणी क्षेत्रमा तीन वर्षयता देखा पर्दै आएको औलो रोगविरुद्धका कार्यक्रम प्रभावकारी देखिएका छन्। स्वास्थ्य चौकीले औलो रोगविरुद्ध चालेका कदमले रोग नियन्त्रण उन्मुख देखिँदा ती कार्यक्रम प्रभावकारी भएका हुन्। जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा ०७६ सालमा पहिलो पटक औलो रोग देखिएको थियो। ताँजाकोट गाउँपालिका–२ को मैला स्वास्थ्य चौकीले पहिलो वर्षको तुलनामा औलो रोग नियन्त्रणतर्फ रहेको जनाएको छ। पहिलो वर्ष १० जना बिरामीमा देखिएको औलो दोस्रो वर्ष सात जना र यस वर्ष भने पाँच जनामा देखिएको थियो।
तीन वर्ष औलो रोग देखिएका बिरामीलाई उपचार गरेर निको पार्न सफल भएको रोग नियन्त्रणका लागि निकै प्रयास गरिएको थियो। ताँजाकोट गाउँपालिका– १ देखि ४ नम्बर वडामा औलो रोगका बिरामी देखिएका थिए। विशेष गरी उक्त क्षेत्र गर्मी हुने क्षेत्रमा पर्ने भएका कारण गर्मी र फोहोरकै कारण लामखुुट्टे देखा पर्न थालेपछि औलो रोगका बिरामी देखा पर्न थालेका हुन्। हालसम्म ताँजाकोट गाउँपालिकामा नौ सयभन्दा बढी औलो प्रभावित बस्तीका स्थानीयको स्वास्थ्य परीक्षण गरिएको थियो। तीमध्ये हालसम्म २२ जनामा औलो देखिएको थियो। यो अवधिमा बिरामी देखिएपछि झुुल वितरणदेखि बिरामी देखिएका बस्तीमा औषधि छर्कनुपरेको थियो। त्यसैगरी, गर्भवती तथा सुुत्केरी महिलामा समेत औलो देखिएको थियो। ती बिरामीलाई निको पार्न स्वास्थ्य चौकी सफलसमेत भएको छ।
शंकास्पद बिरामीबाट नमुना संकलन गरी सुर्खेत, नेपालगञ्जमा ल्याब परीक्षण गरिएको थियो। यसका लागि गाउँपालिका, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र सेभ द चिल्ड्रेनको सहकार्यमा औलोविरुद्ध क्रियाकलाप सञ्चालन गरिएको हो। त्यससँगै गाउँपालिकाले स्वास्थ्य चौकीमार्फत जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको थियो। उनले यस वर्ष पनि असार र साउनमा पुनः औलो परीक्षण गरिने बताए।यसैबीच, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा हुुम्ला, मुुगुु र बाजुुरा जिल्लाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई औलो रोग नियन्त्रणका लागि अभिमुुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। सो कार्यक्रममा सहजीकरण गर्न आएका चिकित्सक मदन कोइरालाले सन् २०२५ सम्म औलो रोग नियन्त्रणमा लिइने बताए। उक्त कार्यक्रममा ६५ जना स्वास्थ्यकर्मी र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सहभागी थिए।