• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाँझाे जग्गालाई एकीकृत गरी बेराेजगारलाई राेजगार दिन सकिन्छ : वरिष्ठ नेता पौडेल

  • वीरगंज संजाल
  • ५ असार २०७९, आईतवार १६:२२
  • २२२५

    वीरगंज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना हुने योजना बनाउनुपर्ने बताएका छन्। तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम तर्जुमासम्बन्धी अन्तरक्रियामा उनले गाउँमा रोजगारी र गाउँमै आम्दानी हुने योजना बनाएर जनतालाई गाउँमै बसुँबसुँ लाग्ने वातावरण बनाउनेतर्फ स्थानीय तहको ध्यान जानुपर्ने बताए। गाउँमै बाटो, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् पुगेपनि रोजगारी र आम्दानी नपुगेकाले मानिस गाउँबाट भागिरहेको उल्लेख गर्दै पौडेलले भने, ‘पहिला-पहिला गाउँमा केही सुविधा थिएन, तर अहिले गाउँमा सबै सुविधा पुगिसक्यो, तर रोजगारी पुग्न सकिरहेको छैन। त्यही कारण मानिस गाउँ छाडेर सहर झरेका छन्।’

    वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारीको अवसर सिर्जना हुने खालका योजना स्थानीय तहले ल्याउनुपर्ने भन्दै त्यसो भएको खण्डमा मानिस पुनः गाउँमै फर्किने बताए। उनले गाउँमा जडीबुटी, फलफूल उद्योग खोल्न सकिने भन्दै त्यसका लागि नगरपालिकाले सहयोग गर्नुपर्नेमा जाेड दिए। सहर बजारभन्दा ग्रामीण भेगलाई लक्षित गरी स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रम बनाउनुपर्ने उनको भनाइ थियो। गाउँमा जग्गा बाँझो राख्ने क्रम बढेकाले बाँझो जग्गालाई उत्पादनमा लगाउनुपर्ने नेता पाैडेलले बताए।

    ‘जग्गा बाँझो राखे सरकारले जरिवाना गर्ने भनेको छ। केही आम्दानी नभएको व्यक्तिले जग्गामा खेती गर्न सक्दैन, त्यस्तो जग्गालाई एकीकृत गरी त्यहाँ बेरोजगारलाई रोजगारी दिन सकिन्छ’, उनले भने। परम्परागत कृषिलाई व्यावसायीकरण गरी खाद्यान्नमा भइरहेको परनिर्भरता रोक्नुपर्ने पौडेलले बताए। कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले कृषि, पर्यटन र शिक्षालाई बढी प्राथमिकतामा राखी योजना बनाइने बताए। सबै वडा र हरेक वर्गका फरक फरक आवश्यकता रहे पनि बजेटको सीमाभित्र रहेर योजना बनाउनुपर्ने बाध्यता रहेको भन्दै उनले आवधिक योजना, त्रिवर्षीय योजनामा रहेर नगरपालिकाले नीति तथा कार्यक्रम बनाइने उल्लेख गरे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑