वीरगंज । बंगालादेश सरकारले बेलुका ८ बजेपछि बजार, पसल तथा होटल रेष्टुरेन्टहरू बन्द गर्न आदेश दिएको छ। बंगालादेशकी प्रधानमन्त्री शेख हसिनाले नै देशव्यापीरूपमा बंगालादेशका सबै नागरिकलाई आफ्ना व्यवसायहरू बन्द गर्न आदेश दिएकी हुन्।
शुक्रबार राति प्रधानमन्त्री कार्यालयका महानिर्देशक (प्रशासन) मोहम्मद अहसान किबरिया सिद्दिकीले हस्ताक्षर गरेको परिपत्रमा उक्त निर्देशन दिइएको हो।
यस निर्देशनको उद्देश्य विश्वव्यापी रूपमा विद्युत् र ऊर्जाको मूल्यमा भइरहेको निरन्तर मूल्यवृद्धिको पृष्ठभूमिमा शक्ति र ऊर्जा बचत गर्ने हो।