वीरगंज । कपिलवस्तुको गौडीचोकमा आज टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा कपिलबस्तु नगरपालिका-३ भिक्षुचोक बस्ने ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन्।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ। भैरहवाबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ क ०३०९ नम्बरको टिपरले गुप्ता सवार साइकललाई आज बिहान ११ बजे ठक्कर दिएको हो।