• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ल्यान्डफिल साइटमा लगेर फाल्ने काम मात्रै होइन फोहोर व्यवस्थापन

  • वीरगंज संजाल
  • ५ असार २०७९, आईतवार १३:४१
  • २८६९

    वीरगंज । आम जीवन बिताउने घरमा फोहोर नहुने भन्ने नै हुँदैन । जहाँ घर र घरायसी काम हुन्छ, त्यहाँ फोहोर उत्पादन हुन्छ नै । यद्यपि, फोहोरको निम्ति विश्वभर नयाँ नयाँ तरिकाले यसको व्यवस्थापन गर्न खोजिन्छ र खोजिएको छ । विकसित मुलुकको हकमा पनि फोहोर व्यवस्थापन चुनौती नै छ । केही वर्ष अघिको अनुसन्धानले विश्वभर सन् २०२० हुँदै २०५० सम्म पुग्दा वार्षिक लगभग ४ खर्ब टन फोहोर उत्पादन हुने अनुमान गरिएको छ । यसरी बढ्दो शहरीकरण र जनसंख्याका कारण फोहोर व्यवस्थापन चुनौतीको विषय बनेको छ । तर, विकसित मुलुकहरुले लामो समयदेखि अपनाएको सजगता र तरिकाका कारण फोहोर व्यवस्थापनमा उनीहरु अब्बल साबित भइ राखेका छन् । यद्यपि, नेपाल जस्तो मुलुकले यसबाट पाठ सिक्न सकेको छैन । फोहोर व्यवस्थापन नेपालमा मात्र नभएर विश्वको हकमा नै एक जटिल विषय जरुर हो । तर, नेपाल भन्दा कयौँ मात्रामा बढी फोहोर उत्पादन हुने देशहरुमा भने यी खालका विवाद र प्रसंग उठ्दैन । यस्ता प्रसंग नउठ्नुमा उनीहरुले फोहोर व्यवस्थापनका लागि बनाएको बलियो नीति नै हो । अमेरिकाको न्यूयोर्क, क्यानडाको टोरोन्टोलगायत युरोपका पनि निकै शहरहरुमा फोहोर दैनिक सयौं टन उठ्छ । तर, त्यसको उचित व्यवस्थापन पनि हुन्छ । माथि चर्चा गरिएका देश र सहरहरुले जनताको निम्ति नियम बनाएका छन् । जस्तै कुहिने फोहोर र नकुहिने फोहोर छुट्टाछुट्टै बाकसमा राखेका छन् । यसरी जनता आफैँ यी विषयमा सचेत भए फोहोर व्यवस्थापनमा सहज हुन्छ । १० औँ हजार टन फोहोर उत्पादन हुने न्यूयोर्क लगायतका सहरले जनतालाई बढी फोहोर उत्पादन गर्न नै हतोत्साहित गर्छ । त्यसैले जनता फोहोर न्युनिकरणमा विशेष ध्यान पुर्याउँछन् । हालै अमेरिकाबाट नेपाल भ्रमणको क्रममा आएकी एक अमेरिकी नागरिक लारा सियन्स भन्छिन्, ‘हामी आफैँ फोहोर कसरी कम मात्रामा सिर्जना गर्ने भन्ने विषयमा सचेत छौँ । कुहिने फोहोर आफैँ मल बनाउँछौँ र किचेन गार्डनमा प्रयोग गर्छौँ । यसले एक खालको फोहोर आफैँ कम हुन्छ । नकुहिने फोहोरलाई पनि सफा झोला, जुन सरकारको मापदण्ड अनुरुप पर्छ, त्यसलाई प्रयोग गरेर रिसाइकल गर्न मिल्ने अवस्थामा राखेर मात्रै फाल्छौँ । यसरी सहरबाट निस्किने अधिकांश फोहोर मल बन्छन् । पुनः प्रयोगमा आउन सक्ने वस्तु पनि बन्छन् ।’ आफ्नो अनुभव सुनाउँदै गर्दा अमेरिकाको डिसी राज्यस्थित भर्जिनियाकी बासिन्दा लारा निकै खुसी थिइन्, उनको सरकारले फोहोर व्यवस्थापनको निम्ति चालेको कदममाथि । नेपालको परिप्रेक्षमा फोहोर फोहोर व्यवस्थापन यसै गरी गरिन्छ भन्ने कालो वा सेतो रंगझैँ छुट्याउन मिल्दैन । किनभने फोहोर व्यवस्थापन फलानो देशले यसरी गरेको छ, अब हामी पनि त्यसै गरी गरौँ भन्ने हुँदैन । यसरी त्यसलाई हेर्न वा गर्न खोजियो भने व्यवस्थापन झन् कुरुप हुन सक्ने धारणा राख्छिन् मिरा लामिछाने ।

    बैंककस्थित एसियन इन्सटिच्युट अफ टेक्नोलोजीबाट मरिन प्लास्टिक एबेटमेन्टमा स्नातकोत्तर गरिरहेकी लामिछाने भन्छिन्, फोहोर व्यवस्थापनको विषयसँगै आउने पहिलो विषय हो विहेवियर अफ पिपुल अर्थात् जनताको स्वभाव । अमेरिका वा अन्य देशका जनताको स्वभाव र नेपाली जनताको स्वभावमा अन्तर हुने भएकाले फोहोर व्यवस्थापन पनि फरक रुपमा हुनुपर्छ । फोहोरको प्रकारसँगै त्यसलाई विस्थापित गर्ने तरिकाको बारेमा पनि कुरा गर्नुपर्छ । उक्त देशमा चलिरहेको प्रणाली के हो र जनताको फोहोरसम्बन्धी चेतनाको स्तर कहाँ छ भन्ने कुराले नै फोहोर व्यवस्थापनमा विशेष टेवा पुर्याउने काम गर्छ । घरायसी काम, औद्योगिक क्षेत्र, बजारबाट निस्किएका फोहोरलाई सोलिड वेस्ट भनिन्छ भने नाला र ढल यसमा पर्दैनन् । नेपालको सन्दर्भमा हामीले बुझ्नुपर्छ कि फोहोरको प्रकार नै फरक हुन्छ, विश्वका अरु देशहरुको तुलनामा । नेपालमा लगभग ७० प्रतिशत अर्गानिक फोहोर हुन्छन् भने बाँकी मात्र अन्य फोहोर हुने हो । जबकि अन्य देशमा अर्गानिक फोहोर निकै कम हुन्छ र सुख्खा फोहोर धेरै हुन्छ । झट्ट हेर्दा फोहोर व्यवस्थापन सामान्य देखिए पनि यसका आफ्नै प्राविधिक पक्ष छन् । अब अर्गानिक फोहोर सजिलै कुहिने भएकाले त्यसको निम्ति के प्रावधान ल्याउने त ? ध्यान त्यतातिर जान जरुरी छ, लामिछानेको जिकिर छ । लामिछानेका अनुसार वातावरणले पनि फोहोर व्यवस्थापनमा असर पुर्याउँछ । पानी धेरै पर्ने ठाउँमा फोहोरको तौल बढ्छ र त्यसको मापन नै फरक किसिमले हुन्छ । फोहोरलाई खुला ठाउँमा राख्दा र घरभित्र राख्दा मात्रै पनि व्यवस्थापनमा फरक पर्छ । उक्त ठाउँको वातावरण र मौसमको आधारमा पनि फोहोर राख्ने तरिकामा परिवर्तन ल्याउनुपर्छ । यसरी अर्काले गरेझैँ गर्न खोजियो भने व्यवस्थापन धरापमा पर्छ । हरेक कोणबाट फोहोर व्यवस्थापन हेर्नुलाई इन्टिग्रेटेड सोलिड वेस्ट मेनेज्मेन्ट भनिन्छ । फोहोर व्यवस्थापनमा थ्रि आर अर्थात् रिड्युस, रियुज र रिसाइकल महत्वपूर्ण हुन्छ । नेपालमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा फोहोर जम्मा हुन्छ ।

    काठमाडौं महानगरका मेयर बालेन शाहले सुख्खा फोहोरलाई इनसिनेरेसन गर्ने भनेका छन् । इनसिनेरेन भनेको एउटा भाँडोभित्र सुख्खा फोहोरलाई राखेर त्यसलाई टेक्नोलोजीको मद्दतबाट जलाएर खरानी बनाउने प्रविधि हो । विकसित मुलुकमा यसको प्रयोग हुने गरेको छ र उनीहरुले त यसबाट पुनः उर्जा पनि निकालिरहेका छन् । तर, आम मानिसको बानी, व्यवहार र मौसमलाई केन्द्रमा नराखी नेपालमा यो गर्न खोजियो भने निकै कठिन हुन्छ । फोहोर व्यवस्थापन, अर्थ र जनता इपिआर अर्थात् एक्सटेन्डेड प्रोड्युसर रेस्पन्सिबिलिटी, यस अन्तर्गत पर्छ आफूले उत्पादन गरेको सामग्रीबाट निस्किने फोहोरको आफैँले गर्नुपर्ने व्यवस्था । कुनैपनि उद्योगीहरुले आफूबाट उत्पादन हुने सामग्रीको फोहोर व्यवस्थापनमा दिनुपर्ने ध्यान । भारतमा यस किसिमको प्रणालीको सुरुवात भइसकेको छ तर नेपालका सम्बन्धित निकाय चुपचाप बस्नु दुःखद पक्ष हो । मिरा लामिछानेको विचारमा जनताले आफूलाई र आफ्नो सोच्ने शैलीमाथि ठुलो परिर्वतन ल्याउनुपर्छ । नट इन माइ ब्याकयार्ड (निम्बी) को सोँच पालेर बस्नेले फोहोर व्यवस्थापनमा राज्यलाई सघाउन सक्दैनन् । निम्बी भनेको फोहोर व्यवस्थापन चाहिँ हुन पर्यो तर मेरो वरपर वा बगैँचामा फोहोर रहिरहन भएन भन्ने खालका सोच हो । यस्तो साँगुरो सोच पालेर बस्नेले अब फोहोर व्यवस्थापनमा आफ्नो सोच फराकिलो बनाउनै पर्छ । एकचोटि उत्पादन भइसकेपछि पुनः उत्पादनको निम्ति सीमित रहेका कागज, प्लस्टिक लगायत सामग्रीलाई हामीले रिसाइकल गर्न सक्नुपर्छ । किनभने यसले सर्कुलर इकोनोमी अर्थात् घुमाउरो अर्थतन्त्रमा पनि ठुलो टेवा पुर्याउँछ । तसर्थ हामीले कसैको देखासिकी भन्दा पनि सबै कोणबाट अनुसन्धान गरेर आफ्नो देशको फोहोर व्यवस्थापन गर्न जरुरी छ । फोहोर व्यवस्थापन गर्ने भनेको ल्यान्डफिल साइटमा लगेर फोहोर फाल्ने मात्र हैन । जर्मनी, ब्राजिल, कोरिया लगायतका देशहरुले पनि एक तिहाइ फोहोरलाई रिसाइकल गर्छन् र केही प्रतिशतलाई मल बनाउँछन् भने त्यस पछिकोलाई मात्र पूर्ण रुपमा डम्पिङ साइटमा लगेर फाल्ने गरेका छन् । फोहोर भन्ने वित्तिकै फाल्ने मात्र बुझेका नेपाली जनमानसले पनि यो कुरा बुझ्न अत्यन्तै जरुरी छ । सोलिड वेस्ट मेनेजमेन्टमा स्नातकोत्तर गरेकी स्नेहा दाहालका अनुसार नेपालमा फोहोरको वर्गीकरण नगर्दा फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन । हामीले अब फोहोर व्यवस्थापनको नीति तथा कार्यक्रम ल्याउनु सँगै कुहिने र नकुहिने फोहोरहरु अलग्गै राख्ने जनतालाई सचेतना कार्यक्रम ल्याउन अत्यन्तै जरुरी छ । जनता सचेत भए मात्र मात्र ल्याइएका योजना र कार्यक्रम सफल हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑