वीरगंज । वीरगंजमा औषधि व्यवस्था बिभाग साखा कार्यालय वीरगंजले नया सेलिले छापामारी गरिएको देखिएको छ । भारतबाट चोरीपैठारी गरि अनुमति प्राप्त नभएको प्रतिबन्धित औषधि सहित एक जना भारतिय नागरिक लाई नियन्त्रणमा लिएको छ । औषधि व्यवस्था बिभाग साखा कार्यालय वीरगंजका कार्यालय प्रमुख मुकेन्द्र पञ्जियारको सथै उन्कै नेतृत्वमा खटेको निरिक्षकको टोलीले प्रतिबन्धित औषधि सहित एक जना भारतिय नागरिक लाई नियन्त्रणमा लिन सफल भएका छ्न ।
हप्तौं देखि गोप्य रूपमा स्टिङा अपरेसन गर्दा गर्दै एहि मङ्गलवार दिउसो समयमा वीरगंजको माइस्थान चौक बाट नियन्त्रणमा लिन सफल भएका छ औषधि व्यवस्था बिभाग साखा कार्यालय वीरगंजका कार्यालय प्रमुख मुकेन्द्र पञ्जियारले बताउनु भएको छ ।टोलीले भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारन, रक्सौल वडा नं. ०९ बस्ने ४० वर्ष को उदय शंकर प्रसाद (सुखाडी प्रसाद भन्ने) लाई बिना ईजाजत तथा दर्ता नभएको औषधि ओसार पसार तथा बिक्री वितरण कसुर मा नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ । प्रसाद बाट DSP टेबलेट , B to Z केपशुल , Nicip Plus टेबलेट , Ropraz-D SR केपशुल , Ceflox-CF ओइन्ट्मेन्ट जस्ता औषधि बरामद भएको थियो । औषधि व्यवस्था बिभागलाई नेपाल सरकारले विसं १९७९ मा स्थापना गर्यो। र विसं २०४१ पौष पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा गएको थियो । DDA स्वास्थ्य र जनसंख्या मन्त्रालय अन्तर्गत तीन विभागहरू मध्ये एक हो।
नेपालले औषधि र सम्बद्ध औषधि उत्पादनको दुरुपयोग वा दुरुपयोगलाई निषेध गर्नका साथै औषधिको प्रभावकारिता र प्रयोग सम्बन्धी गलत वा भ्रामक सूचना र उत्पादन, मार्केटिङ, वितरण, निर्यात, आयातलाई नियमन र नियन्त्रण गर्न औषधि ऐन, १९७८ जारी गरेको छ। सार्वजनिक प्रयोगका लागि सुरक्षित नभएका, प्रभावकारी र गुणस्तरीय औषधिहरूको भण्डारण र उपयोग। लागूऔषध ऐन, १९७८ को उदेश्य र उद्देश्यलाई कार्यान्वयन गर्न र यस अन्तर्गत विभिन्न नियमहरू बनाइएका छन्।
राष्ट्रिय स्वास्थ्य नीति, १९९१ को उद्देश्य अनुरुप औषधि उत्पादन, पैठारी, निकासी, भण्डारण, आपूर्ति, बिक्री वितरण सम्बन्धी कार्यमा संलग्न सरकारी, गैरसरकारी तथा निजी संस्थाहरूबीच समन्वय कायम गरी सुधार र व्यवस्थापन गर्ने । गुणस्तर निर्धारण, नियामक नियन्त्रण, तर्कसंगत प्रयोग र सूचना प्रवाह, राष्ट्रिय औषधि नीति, १९९५ लागू गरिएको छ। राष्ट्रिय औषधि नीतिको लक्ष्य र उद्देश्यहरू प्राप्त गर्नु DDA को लागि अर्को महत्त्वपूर्ण क्षेत्र हो।समग्र गतिविधिहरू माथी निगरानी गर्ने काम गरि रहेको भनी जानकारी औषधि व्यवस्था बिभाग साखा कार्यालय वीरगंजका कार्यालय प्रमुख मुकेन्द्र पञ्जियार ले जनाउनु भएको छ ।